News Portal

हराएको दुई हप्तापछि सडेगलेको अवस्थामा महिलाको शव फेला हत्याको आशंका स्थलगत रिपोर्ट भिडियोमा

विजय नेपाली
१८८ पटक

कास्कीको रुपा गाउँपालिका ५ देउराली स्थित मज्र्याङकोट बसौलाथरको एक पुरानो घरमा महिलाको शव सडेगलेको अवस्थामा भेटिएको छ । पोखरा महानगरपालिका ३० खुदी बस्दै आएकी गौरी बसौला हराएको दुई हप्तापछि सडेगलेको अवस्थामा उनकै पुरानो घरको छेउको घरमा शव फेला परेको हो । साउन २६ गते बेलुका घासँ काट्न हिडेकी गौरी सम्पर्क विहिन भएकी थिइन् ।

तीन घरमात्रै रहेको उक्त स्थानमा २ घरमा परिवार बस्दै आएका थिए । एक घर माथि र २ घर तल रहेको थियो । उनको शव भेटिएको घरको छेउमा श्रीमान् र आमा बस्दै आएका थिए भने, माथिल्लो घरमा बुद्दिमान परियारको परिवार बस्दै आएका थिए । गौरीको परिवारले त्यही घरको मुनि बाख्रा पालेका थिए । कोहीपनि नबस्ने पुरानो घरमा कुहिएर किरापरेको अर्धनग्न अवस्थामा उनको शव फेला परेको हो ।

बाहिरबाट ताल्चा लगाएको घरको आर्टीँमा उनको शव भेटिएको स्थानीय महेश्वर बसौलाले जानकारी दिए । उनका अनुसार त्यो घरमा एक हप्तादेखी सिनो गन्हायको भएपनि चाबि लाएको कारण कसैले भित्र गएर हेरेको थिएन् । ‘२६ गते साझँ घासँ काट्न घरबाट हेडेकी रहिछन्, एक अगाँलो घासँ काटेर हराएकी हुन्’ उनले भने,‘ राती हराएको खबर पाएपछि सबैले तल तिर (पोखरा ३० खुदी) नजिकै खोजी भयो । विहान हामीले सबै तिर खोज्यौ तर, भेटिएन् ।’

निकै दुर्गन्ध आएपछि घरमा कोही नभएका कारण सोममाया परियार एक्लै गएर हेर्न डराएको उनले बताए । उनले घटनास्थलमा नाम्लो आसीँ पुरानो गाग्रीमा पानी, गिलासमा पानी राखेको समेत फेला पारेको सुनाए । ‘डोरी लगाएको छ तर उत्तानो अवस्थामा शव छ । केही पनि चिन्ने अवस्था नै छैन्’ उनले भने । गौरी वर्षैदेखी खुदीमै बस्दै आएकी थिइन् । खुदीबाट पुरानो घर करिब १५ किलोमिटरभन्दा बढीको दुरीमा जानुपर्छ । खुदीबाट हिडेर आउन निकै टाढा रहेको महेश्वरले बताए ।

साउन २७ गते जनै पूर्णिमाका दिन श्रीमान्लाई ससुरालीमा धागो लगाउन जाने भए जाउँ भन्दै आग्रह गरेकी उनी एकाएक हराएको र अहिले मृत अवस्थामा फेला परेको रुपा गाउँपालिका वडा ५ का वडा सदस्य रामकृष्ण बसौलाले बताए । उनीहरुको घरमा अहिलेसम्म झैझगडा नभएको र श्रीमान्ले सबै सम्पत्ती गौरीकै नाममा गरिदिएको समेत सुनाए । चाबि लगाएको घरमा उनको शव भेटिनु आश्चार्यको कुरा रहेको उनको भनाई छ । ‘घरमा चाबि लगाएको थियो । माथि आर्टीँमा शव भेटिएको छ’ उनले भने,‘यहाँ हामीले पहिला पनि खोजेका थियौँ । बाहिरबाट चाबि लगाएको भएर यहाँ छैन् भन्ने लाग्यो र भित्र गएनौँ ।’ उनले २७ गते विहान उक्त घर आसपास हेरेको बताए । नजिकै फार्म भएको कारण यतै आएको हो की भन्ने शंका लागेर खोजी गरेपनि सुरुमा केही सुईको नपाएको बताए । उक्त घरमा करिब एक हप्ता अघिदेखी गन्हाउन थालेपछि बुद्धिबहादुुर परियारले गाउँमा भनेपनि सिनो होला भनेर वेवास्ता गर्दै आइरहेका थिए । ‘अलिकति मुनि बाख्रा पालेको थियो त्यहि २०–२१ वटा होलान् ।

६÷७ दिन अघिबाट निकै गन्ध आएको थियो । हामी त मुसा वा त्यस्तै केही मरेर गन्ध आएको होला भन्ने साच्यौँ’ बुद्धिले भने,‘ त्यो गन्ध आएपछि रामचन्द्र बसौला (वडा सदस्य), हरिचन्द्र बसौला, सूर्य पाण्डे लगायतले दिउसो हेरेका पनि हुन् । केहि देखेनन् रे म त डर लाएर गइन् ।’ महेश्वरले बुद्धिमानको श्रीमती सोममाया परियारले भेटि लिएर जाने क्रममा निकै गन्ध आएको बताएपछि त्यहाँ आएर पुनः हेरिएको थियो । उनले ढोकामा चाबि लगाएको देखेपछि त्यहिका एक निवृत्त आर्मीले ढोकाको चाबि फोडेर हेर्नुपर्छ भनेपछि प्रहरीको रोबरमा चाबि फुटालिएको हो ।

रुपा ५ देउरालीमा रहेको प्रहरी विटबाट आएका प्रहरीको रोहबरमा चाबि फुटालेर हेर्दा शव देखिएको थियो । शव गौरीकै भन्ने छिमेकी र परिवारले पहिचान गरेका हुन् । उक्त स्थानबाट प्रहरीले पासो बनाएको र चुडिएको अवस्थामा नाम्लोको डोरी, आसीँ, विभिन्न औषधीका खोल, पानी समेत भेटेको वडा सदस्य रामकृष्णले बताए । करिब दुई तीन घण्टाको बाटो हिडेर आएर आत्महत्या गर्नु आश्चर्यको विषय रहेको उनीहरु बताउछन् । यतिमात्र होइन् उनको शव अर्ध नग्न अवस्थामा रहेको थियो । भित्रीवस्त्र्र खोलिएको र कसैले तलको अर्को कपडा लगाइदिएको जस्तो अवस्थामा शव थियो । जसका कारण घटना हत्या भएको हुन सक्ने एक स्थानीयले बताए । नाम नबताउने सर्तमा ती स्थानीयले चिउराका प्याकेट, भित्रीवस्त्र फुकालेर छेउमा राखिएको, कुर्था पेटभन्दा माथि र तल लगाउने सुरुवाल कसैले आधा लगाइदिएको जस्तो अवस्थामा शव रहेको छ । जसका कारण उक्त घटना आत्महत्या नभई हत्या भएको आशंका गरिएको छ । उनका अनुसार जंगलको बाटो करिब दुईदेखी ३ घण्टासम्म हिडेँर त्यहाँ आएर हत्या गरेको हुन असम्भव छ । ‘जंगलको बाटो छ । आउन निकै टाढा छ । कोहीसँग आएको हुन सक्छ’ उनले भने,‘यो ठाउँमा पुरुष मान्छे त रातमा हिडन् डराउँछन् उनी कसरी आइपुगिन् भन्ने हो ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले आत्महत्या वा हत्या भन्ने विषयमा अनुसन्धान भइराखेको जानकारी दिए । उनले घटनाको बारेमा पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै थाहा हुने बताए । उनले फासीँ लगाएको वा विष सेवन अथवा कुनै व्यक्तिको संलग्नता भन्ने विषयमा फरक तरिकाले अनुसन्धान प्रहरीले गरिराखेको जानकारी दिए । ‘पोष्टमार्टमा रिपोर्ट नआएसम्म कुनै आइडिया नै भएन् । अहिले पोष्टमार्टका लागि राखिएको छ । सडेगलेको अवस्थामा भएको भएर यहि हो भन्ने अवस्थामा छैन्’ उनले भने,‘ मृत्युको कारण के आउँछ ? एन्टी आउँछ की अथावा, पोइजनिङ आउँछ की अथवा कोहि थर्ड पर्सनको संलग्नता पो देखिन्छ की ? उही समयमा हामीले हत्या नि हुन सक्छ आत्महत्या नि हुन सक्छ भन्ने हिसाबले अनुसन्धान गरिरहेका छौँ ।’

गौरी हराएपछि उनका श्रीमान् बाख्रा पालेको स्थानमा नगइ पोखरा खुदीमा रहेको घरमा बसेका थिए । गौरीको १ छोरा र १ छोरी पनि खुदीमै बसेका कारण श्रीमान् डोलराज बसौला गाउँ छाडेर बजारमा बसेका थिए । त्यसको ४÷५ दिनको अन्तरालमा डोलराजका आमा पनि खुदी झरेको स्थानीयहरु बताउँछन् । हेर्नुहोस स्थलगत रिपोर्ट भिडियोमा

प्रतिकृया दिनुहोस्