नेकपा (माओवादी केन्द्र) धादिङ–पोखरा जनसम्पर्क मञ्चको तिज कार्यक्रममा हजारौ सहभागी भएका छन् ।
नेकपा (माओवादी केन्द्र) धादिङ–पोखरा जनसम्पर्क मञ्चको आयोजनामा शनिवार पोखरा १८ स्थित वाई.यु.के सुपरमार्केटको सभाहलमा भएको तीज बिशेष कार्यक्रम तथा कार्यकर्ता भेटघाटमा करिब १३ सय कार्यकर्ता सहभागि भएको नेकपा माओबादी केन्द्र धादिङ जिल्ला कमिटि सदश्य ,सफल ब्यबसायि एबम् समाजसेवी युवराज खतिवडाले जानकारी दिएका छन् ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य शालिकराम जमरकट्टेलले धादिङ घर भई पोखरालाई कर्म थलो बनाएर बस्दै आएका सम्पुर्णलाई तिजको शुभकामना ब्यक्त गरेका छन् । मन्तव्यको क्रममा उनले युवा व्यवसायी युवराज खतिवडाको प्रंशसा गदै सामान्य किसान परिवारको ब्यक्ती भए पनि मेहेनत र दुख गर्दै अहिले सफल उदाहरणीय ब्यक्ती भएकोमा बधाई दिदै आगामि दिनमा पनि यस्ता सक्रिय ब्यक्ती राजनितिमा पनि सफल हुने धारणा राखेका छन् । साथै जनताको सुख दुखको साथि खतिवडा बनेको जमरकट्टेलले बताएका छन् ।
पोखरामा सम्पन्न भएको भेलाका कार्यकर्ताबाट नै जनाधार कस्तो छ भन्ने पुष्टि भैसकेको उनले बताए । कार्यक्रममा आफ्नो भनाई राख्दै नेकपा माओबादी केन्द्र धादिङ जिल्ला कमिटि सदश्य सफल ब्यबसायि एबम् समाजसेवी युवराज खतिवडाले प्रदेश र प्रतिनिधि सभाको चुनाव नजिकै आइरहेको बेला देश परिर्वन गर्ने पार्टी नेकपा माओवादी केन्द्र भएको जनाउदै उनले पार्टी र जनताले आवशयक ठानेको अवस्थामा आफु उमेदवारको रुपमा आउँन सक्ने र अबको चुनावमा देश परिवर्तनको लागि केहि गर्छु भनेर अगाडी आएका उमेदवारलाई मतदान गर्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा बाग्मती प्रदेश सांसद जगत सिंखडा, पार्टीका केन्द्रीय सदस्य रामबहादुर भण्डारी, कास्की पार्टी इन्चार्ज राजकाजी गुरुङ करण लगायत जिल्ला समन्वय धादिङका प्रमुख नवराज अधिकारी, धादिङ जिल्ला कमिटी अध्यक्ष मनराज भण्डारी, पोखरा महानगर कमिटी अध्यक्ष हरिनारायण गिरी, बाग्मती प्रदेश पार्टी सहसचिव विजय बुर्लाकोटी, नीलकण्ठ नगरपालिका उपप्रमुख दीपक विश्वकर्मा, त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष देवराज धरेल लगायतले मन्तव्य राखेका थिए । वाई यु के मा सम्पन्न भएको कार्यक्रममा बिभिन्न चर्चित कलाकारहरुको सास्कृतिक प्रस्तुती पनि राखिएको थियो ।