साथीन्यूज
आज एकाबिहानै काठमाण्डौमा गो’ली हानेर एउटा राँगोलाई मारिएको छ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ गोदाम चौरमा आज एकाबिहानै गोली हानेर राँगोलाई मारिएको हो ।
नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा आज बिहान ३ बजेतिर झार्ने क्रममा भागेपछि नियन्त्रणमा लिन नसकेपछि बिहान साढे ७ बजेतिर गोली हानि मारिएको थानकोट प्रहरी चौकीले जानकारी दिएको छ।
थानकोट प्रहरीका अनुसार सो राँगो भाग्दै त्रिभुवनपार्क, चेकपोष्ट, गोदामचौर हुँदै करिब ३ किलोमिटर दौडिएपछि गोदामचौरको एक बारीको कम्पाउण्डमा छिरेको थियो। त्यस कम्पाउण्डमा गए पछि पनि चार घण्टा सम्म पनि नियन्त्रणमा लिन नसके पछि गोली हानि मारिएको प्रहरीले बताएको छ।
राँगोले कसैलाई घाइते नबनाए पनि मानवीय क्षति पुर्याउन सक्ने सम्भावना देखिएपछि मार्नु परेको प्रहरीले जनाएको छ ।