जिल्ला ट्राफीक प्रहरी कार्यलय कास्कीले पोखरामा को अम्मर सिंहचोकमा निसुल्क स्वास्थ्य सिविर सम्पन्न गरेको छ ।
चालक तथा सहचालकको स्वास्थ्य समस्याले निम्ताउने सडक दुर्घटनालाई न्युनिकरण गर्ने उदेश्यले हिमालयन आखाँ अस्पताल घारिपाटन र चरक मेमोरियल अस्पताल नागढुंगा कास्कीको समन्वय र सहयोगमा पोखरा महानगर पालीका वडा न १० अमर सिंह चोकमा कार्यक्रम भएको थियो । उक्त स्वास्थ्य सिवीरमा २०० भन्दा बढी चालकको स्वास्थ्य परीक्षण गरीएको जिल्ला ट्राफीक कार्यलय कास्कीका प्रमुख प्रकास साहले जानकारी दीनुभयो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय गगनगौडा कास्कीका कार्यालयल प्रमुख उपरिक्षक गोबिन्द अधिकारी ज्यूको प्रमुख आतिथ्यतामा स्वास्थ्य सिवीर सुरु भएको थियो । गण्डकी प्रदेशमा मात्रै महीनामा २२ जना भन्दा बढीको ज्यान गहीरहेको कारण यस्तो कार्यक्रम ल्याएको प्रदेश ट्राफीक प्रहरी कार्यलयका प्रमुख अधिकारी ले बताउनु भएको छ |
चालक तथा सहचालकलाई निशुल्क चालक परिचालकहरुको आखाँ, ब्लड, प्रेसर र सुगर जस्ता रोगहरुको चेकजाँच एवं परिक्षण गर्दा प्रेसर हाई भएका २२ जना, सुगर भएका २६ जना, नजिकको नदेख्ने १५ जना, टाढाको नदेख्ने १२ जना र आखाँमा मासु पलाएको ६३ जना चालक तथा परिचालकहरुलाई स्वास्थ्य लगायत सवारी साधन संचालन सम्बन्धमा परामर्श समेत प्रदान गरिएको थियो।
यस्तो कार्यक्रमले सवारी दुर्घटना न्युनिकरण गर्ने र समय समयमा गरीरहे राम्रो हुने स्वास्थ परीक्षणमा भाग लिएका चालक रमेस तामाङले बताए कसरी भएको थियो कार्यक्रम के भन्छन चालकहरु आजको कार्यक्रममा हेर्नुहोस भिडियो सहीत