News Portal

सुकुम्बासीका २३ घर भत्काइदीएपछि पोखरामा नगर प्रहरीले सुकुम्बासीमा लियो एक्सन- भिडियो सहीत

साथीन्यूज
१८३ पटक

हेर्दा हेदै सुकुम्बासीका २३ घर भत्काइदीएपछि पोखरामा नगर प्रहरीले सुकुम्बासीमा लियो एक्सन

भिडियो सहीत

पोखरा महानगरपालिका तेत्तीस दुईपिप्लेमा सुकुम्बासी बस्तिका रुपमा बस्दै आएका करीब २३ घरधुरी पोखरामहानगर र वडाको पहलमा आज हटाईएको छ ।

बिगत केही समय अघिदेखि उत्त ठाउँमा सुकुम्बासीका रुपमा बस्ति बसेको थियो । क्रसर उधोगको ठाउँमा बसोबास गरीरहेका उनिहरु त्यहाँ क्रसर संचालन गरेपछि बिस्थापित हुँदै दुईपिप्लेमा टहरा बनाएर बसोबास गरीरहेको उनिहरु बताउँछन ।

पहिला दुई चार घर मात्र थियौं पछि एक एक गर्दै धेरै घरहरु बन्न थाले अहिले हामिलाई नै अप्ठ्यारो पर्यो अब हामी कहाँ जाने” त्यहाँका एक बृद्द महिलाले भनिन् । उनले “क्रसरले यता देखायो हामी यता आयौं अब फेरी वडा र महानगरले हटाउँदै छ हामीलाई बास चाइयो” थप्दै भनिन् ।
पोखरामहानगरपालिका, वडा नम्बर ३३, नेपाल प्रहरी,शसस्त्र प्रहरीलगायतको टोली सहित बस्ति हटाउन लागीएको हो ।

वडा अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार सार्वजनिक जग्गा हड्पने क्रियाकलाप बढिरहेको हुँदा सार्वजनिक जमिनको संरक्षणका लागी आँफुहरुले अनाधिकृत रुपमा बसोवास गरेका र सार्वजनिक जग्गा हडपेकाहरुलाई हटाइएको बताए भने उनले यथार्थमा उहाँहरु सुकुम्बासी भएको खण्डमा ब्यवस्थापनको पहल समेत गरीने बताउनुभयो ।भिडियो सहीत

प्रतिकृया दिनुहोस्