साथीन्यूज
कोरोना महामारीपछि हैजा महामारी व्यापक रुपमा फैलिन लागेको संकेत देखिएको छ । केही समयअघि न्यून संख्यामा देखिएको हैजा अहिले काठमाडौं उपत्यकाभित्र ९ जनामा हैजा देखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौंका डिल्लीबजार, बागबजार, कपन, थानकोट, नैकाप, पाटनलगायत स्थानमा ९ जनामा हैजा देखिएको हो । ललितपुर महानगरपालिकामा हैजा भेटिएपछि आइतबारदेखि सडकमा बेचिने पानीपुरी, चटपटेलगायत खानेकुरा बिक्री गर्न रोक लगाएको छ ।
जनस्वास्थ्यविद्हरुले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नाले हैजा कोरोनाजस्तै महामारीकै रुपमा फैलनसक्ने अवस्था पनि देखिएको बताएका छन् ।