गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाउदै लगेका छन् ।
पोखरा महानगरको वडा नम्बर १, २,१२,२३, २४ र २५ को नौ हजार नौसय ९३ मत गणना हुँदा आचार्यले चार हजार ४१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले तीन हजार छसय ५७ मत ल्याएका छन् ।
बिहान ९:१५ बजे सार्वजनिक गरिएको नतिजा अनुसार राप्रपा उम्मेदवार शंकर प्रसाद खरालले ५०० र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले दुइसय ३२ मत प्राप्त गरेका छन् ।
यता
यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले चार हजार एकसय ११ मत ल्याएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले चार हजार एकसय ९१ मत पाएकी छन् । राप्रपाकी उम्मेदवार रन्जना कुमारी सेन पौडेलले सातसय ६६ मत प्राप्त गरेकी छन् ।
पोखरामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् ।