News Portal

ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका विक विजयी

साथीन्यूज संवाददाता
२३५ पटक

बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर बिश्वकर्मा’हिमाल’विजयी भएका छन् । आईतबार सम्पन्न मतगणनामा २ हजार २ सय ८५ मत ल्याएर बिजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले २ हजार ९०मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार बिकले १९० मतान्तरले बिजयी भएका छन् ।

यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका भीमबहादुर रोकाले ३ हजार ४ सय ३ मत ल्याएर बिजयी भएका छन् ।उनका प्रतिद्वन्द्वी एमालेका थममाया घर्तीले ५ सय ६१ले मत प्राप्त गरेका छन् ।

माआ‌ेवादीको उर्वर भुमिको रूपमा रहेको ताराखोला गाउँपालिकामा २०७४ को स्थानीय तहको निर्वाचनमा गाउँपालिका पुरै जितेको थियो । २०७४ का स्थानीय तहमा प्रकाश घर्तीले अध्यक्षमा निर्वाचित भएका थिए । यसपटकको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि घर्तिले स्वतन्त्र रूपमा उमेदवारी दिएका थिए । पार्टीको दबाबका बाबजुद घर्तीले उमेदवारी कायमै राखेका थिए ।

प्रतिकृया दिनुहोस्