पोखरा २७ बैशाख । पाखेरा महानगरपालिका १८ मा माओवादी केन्द्रका उम्मेदवार राजु शर्मा तिमिल्सिनाको प्यानले चुनावी प्रचार प्रसारको कार्याक्रम सम्पन्न गरेको छ ।
पोखरा १८ का सबै भागमा घर दैलो र प्रचार प्रसारका विभिन्न कार्याक्रम गदै १४ औं दिनको दिनमा मंगलबार सम्पन्न भएको छ ।
चुनाव प्रचार प्रसारको समापन गदै माओवादी केन्द्रको तर्फबाट पोखरा १८ का उम्मेदवार राजु शर्मा तिमिल्सिनाले विजयी भएको घोषणा गर्न मात्र बाँकी रहेको भन्दै जितको पक्का रहेको बताए ।
वडामा प्रचार प्रसारको क्रममा जनताबाट नै आफ्नो माग भएको तिमिल्सिनाले बताए । ‘वडाको विकासको लागि तापाई भन्दा उपयुक्त पात्र अरु छैनन,‘उनले भने,‘धेरै जनताबाट यही आवाज आएको छ ।’
वाडमा रहको सम्पुर्ण समस्यामा आफु जानकार रहेको दावी गर्दै यी सबै समस्याको समाधान गर्ने आफुभन्दा उपयुत्त पात्र अन्य नरहेको तिमिल्सिनाले बताए ।
गाउँ गाउँमा सिहदरको अनुभव हुने गरेर काम गर्ने उनले सुनाए । पोखरा १८ मा रहेकोे जलारी समुदाय, भुमिहिन, सुकुमबासी अव्यवस्थीत बासोबासको समस्यामा आफु जानकार रहेको सुनाए ।
पर्यटन व्यसायीमा रहेको समस्याको समाधान गर्ने, खानेपानीको समस्या, कृषी सडक, वडामा रहेका ठाडा र तेर्साबाटो निर्माण गर्ने, फेवाताल संग जोडिएको समस्यालाई समाधान गर्ने उनको घोषापत्रमा रहेको जानकारी दिदै घोषणपत्रलाई पुर्ण रुपमा कार्यान्यनमा लैजाने जानकारी दिए । आफ्नो योजना पुरा गर्नको लागि सम्पुर्ण वडाबासीले आफुलाई मतदान गर्न आग्रह गरे ।
माओवादी केन्द्र पोखरा १८ का निर्वाचन कमिटिको संयोजक टिकाराम तिमिल्सिनाले गाउँ गाउँमा तिमिल्सिनाको माग रहेको जानकारी दिए । अहिलेको उम्मेदवारले जनताको दुःख र भुगोल राम्रोसंग बुझेको कारण जनताले मागोको जस्तो उम्मेदवार पाएको तिमिल्सिनाले जनाए ।
माओवादी केन्द्र पोखरा १८ पार्टी अध्यक्ष पुर्णखर तिमिल्सिना प्रचार प्रसार अभियान १४ औ दिनमा पुगेको भन्दै माओवादी केन्द्रको जितको निश्चत भएको दावी गरे । अभियान १४ औ दिनमा पुग्दा माओवादी केन्द्रको आकर्षण बढ्दै गएको सुनाए ।
पोखरा १८ मा माओवादी केन्द्रको तर्फबाट राजु शर्मा तिमिल्सिनाले उम्मेदवारी दिएका छन् । महिला सदस्यमा दुर्गा अधिकारी, दलित महिला सदस्यमा साहारा नेपाली, खुल्ला सदस्यमा हुमबिर पुन र उमनाथ तिमिल्सिनाले उम्मेदवारी दिएका छन् ।