News Portal

हामीलाई यथास्थितिमै रुमल्लीन रहर र छुट दुबै छैन ः प्रचण्ड

साथीन्यूज
२६० पटक

काठमाडौं, २६ बैशाख ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बन्नुपर्ने बताउनुभएको छ ।
स्थानिय निर्वाचनको पुर्वसन्ध्यामा अध्यक्ष प्रचण्डले आम मतदातालाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।
प्रचण्डले संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षीत जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलव्धी विरुद्ध ठूलो षड्यन्त्र गरिरहेका बताउँदै त्यसलार्य परास्त गरि परिवर्तनका एजेण्डा स्थापित गराउन हँसिया हतौडा चिन्हमा मतदान गर्न पनि अपील गर्नुभएको छ ।

अपीलमा भनिएको छ – यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षीत जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलव्धी विरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन, त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाईको रुपमा लिएका छौं ।

प्रचण्डले निर्वाचनमार्फत स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा स्वास्थ्य, रोजगारीको सुनिश्चिततामार्फत सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सकिने र त्यसको जिम्मेवारी माओवादी क्रान्तिकारीकै काँधमा आएको पनि उल्लेख गर्नुभएको छ ।

अपीलमा प्रचण्डले यथास्थितिमै रुमल्लीन रहर र छुट दुबै नभएको बताउँदै भन्नुभएको छ –त्यसैले आउनुस्, अग्रगमन र प्रतिगमनको यो लडाईंमा नेकपा (माओवादी केन्द्र)को गोलाकारभित्रको हँसिया हतौडा चिन्हमा र गठबन्धनका उमेदवारहरुको चुनाव चिन्हमा मतदान गरी नेपाली जनताका अधुरा सपना पुरा गर्दै समृद्ध नेपालको निर्माणतर्पm अघि बढौं ।

प्रतिकृया दिनुहोस्