News Portal

आचार संहिता उल्लंघन गरेको भन्दै प्रचार सामग्री नियन्त्रणमा

साथीन्यूज
३४३ पटक

पोखरा महानगरपालिकाभित्र निर्वाचन आचार संहिता विपरीत प्रचार प्रसार गरेपछि निर्वाचन आयोगले निर्वाचन सामग्रीहरु नियन्त्रणमा लिएका छन् ।

मंगलबार विभिन्न राजनैतिक पार्टिहरुले निर्वाचन आयोगले जारी गरेको आचार संहिता विपरित माइकिङ गरेपनि प्रचार प्रसारमा प्रयोग भएको सामग्री नियन्त्रणमा लिएको हो ।
प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख निर्वाचन अधिकृत हुमनाथ पराजुलीले अहिलेसम्म निर्वाचनमा प्रयोग भएको १२ थान माइक नियन्त्रणमा लिइएको बताए ।

उनले पोखरा महानगरपालिकामा कडाइका साथ प्रदेश निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालय सहित प्रहरीको सहयोगमा अनुगमन गरेको हो ।

उनका अनुसार महानगरमा संयुक्त र जिल्लाका पालिकाहरुमा सम्बन्धित पालिकाका निर्वाचन अधिकृतको कार्यालयले अनुगमन गर्नेछ । ‘हामीले कुनै पनि हालतमा अब आचार संहित उल्लंघन गर्न दिने छैनौ यो कडाइका साथ पालना हुनेछ’ उनले भने ।

उनले अहिलेपनि निरन्तर रुपमा अनुगमन चलिरहेको जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्