News Portal

पोखरा १८ मा नेकपा माओवादी प्रबेस गर्नेको लर्को एमाले सक्रीय सदस्य र काँग्रसेका क्रियाशिल अधिबक्ता पार्टी प्रबेस

साथीन्यूज
२६२ पटक

पोखरा । पोखरा १८ मा जनयुद्धका पुर्व लडाकु दिपेन्द्र तिमिल्सिना सहित १० जना माओवादी केन्द्रमा प्रवेश गरेको छन् । प्रवेश गदै तिमिल्सिनाले देशमा माओवादीको आवस्यकता रहेको बताए । तिमिल्सिनाले जनयुद्धका पुर्व लडाकु माओवादीमा आएमा मात्र देशले विकासको मुहार फेर्ने धारणा राखे ।

२०६० साल देखी जनयुद्धमा होमिएका तिमिल्सिना शान्ती सम्झौता पछी पछिल्लो समयमा स्वतन्त्र भएर बसेको थिए ।
एमाले क्रियाशिल सदस्य इन्द्र अधिकारी, काँग्रसेका क्रियाशिल अधिबक्ता श्रीकृष्ण अधिकारी, लक्ष्मी भण्डारी लगायत १० जना माओवादी केन्द्रमा प्रवेश गरेको हुन ।

पोखरा १८ मा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले माओवादीले रगतले संबिधान लेखेको भन्दै माओवादी केन्द्रलाई मौका दिए सराङकोट बिकास गर्ने बताए । पार्टी भन्दा व्यक्तिलाई हेरेर भोट हाल्नुपर्ने उनको धारणा छ ।
‘सबै उम्मेदवारलाई तराजुमा राख्नु,‘उनले भने,‘ जता इमान्दारीता कोल्टीन्छ उतै भोट हाल्नुस ।’

केपी ओलीले संविधान, गणतन्त्र, राष्ट्रपतिलाई मजाक बनाएको कारण ओलीको बिरुद्धको आन्दोलनका लागि गठबन्धन चाहिएको बताए । तिमिल्सिनाले संविधानको रक्षाको लागि माओवादीलाइ भोट हाल्नु अनुरोध गरे ।

निर्वाचन परिचालन कमिटी संयोजक टिकाराम तिमिल्सिना माओवादीले नेतृत्व गरेको काम र संस्था निश्पक्ष र सफा रहेको कारण जनताले माओवादीलाई अवसर दिनुपर्ने बताए ।

महिला वडा सदस्य उम्मेदवार दुर्गा अधिकारी पिछडिएको महिलाको हितको लागि काम गर्ने बताइन । महिलाको हक दिलाउने पार्टी माओवादी रहेको भन्दै निर्वाचित भएपछी महिलाको पिडामा मलम लगाउने बाचा गरिन ।

एकिकृत सामादी कास्की जिल्ला सदस्य राजेन्द्र अधिकारीले केपी ओलीले संविधान सक्न लागेको बताए । परिवर्तनका बह्याक माओवादी केन्द्र नै रहेको बताए । कम्युनिस्ट भएर पनि एमालेमा कम्युनिस्टको भावना नभएको बताए । कम्युनिस्ट आन्दोलन बचाउन सबैको बराबर दायित्व रहेको कारण माओवादीलाई टोलीलाइ भोट दिनु भएको बताए ।

अध्यक्ष पुर्णखर तिमिल्सिनाले माओवादीको जित निश्चीत रहेको बताए । सोमबार प्रचार प्रसारको कार्याक्रम सेदीबाट सुरु भएर फ्याउरे खपौदी, माछापोखरी, भकुण्डे, तल्लो चङ्खपुरमा पुगेर समापन भएको थियो । मंगलबार सुन्दर पोखरी, तोरीपानी, मुलाबारी, नयाँगाउँ अर्माजा लगायतका ठाउँमा कार्याक्रम हुदै छ ।

प्रतिकृया दिनुहोस्