News Portal

पोखरा १८ का माओवादी उम्मेदवार राजुको घोषणा : बाख्रा पालनमा अनुदान

साथीन्यूज संवाददाता
४४८ पटक

पोखरा १८ मा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षको उम्मेदवार राजु शर्मा तिमिल्सिनाले  जनातको जिवनस्तर सुधारको लागि आफुले बाख्रा पालन व्यवसायमा विशेष अनुदानको व्यवस्था गर्ने घोषण गरेको छन् ।

तिमिल्सिनाले पोखरा बाख्रा पालन व्यवसायमा लागेका र १ देखी २० वटा सम्म पाल्नेलाई प्रति बाख्रा १ हजारको दरले प्रत्येक वर्ष अनुदानको व्यवस्था गर्ने बताएका छन् । २० भन्दा बढि बाख्रा पाल्नेलाई २० हजार रुपैयाँ अनुदान दिने बताएका छन् ।

राजुले यसअघि नै वडामा निर्वाचित भएपछी सरकारी सेवा सुबिधा बापत पाएको रकम सामाजिक सेवामा खर्च गर्ने बताएका थिए ।

पोखरा १८ को विभिन्न बस्तीमा बिजुली जडान गर्ने, घर घरमा धारा जाडान गर्ने लगायतका काम गर्दै आएका छन् ।

आफु सधै जनताको सेवामा खटिने भन्दै आफु वडाध्यक्षको उम्मेदवारी दिएको भन्दै  भोट दिएर जिताउन सबै संग अनुरोध गरे ।

उक्त वडामा महिला सदस्यमा दुर्गा अधिकारी, दलित महिला सदस्यमा खुल्ला सदस्यमा उमनाथ तिमिल्सिना र हुमविर पुनले उम्मेदवारी दिएका छन् ।

१२ गतेबाट उनले चुनावी प्रचार प्रसारको कार्याक्रम सुरु गरेका हुन ।

प्रतिकृया दिनुहोस्