News Portal

माओवादी उम्मेदवार तिमिल्सिना भन्छन् : जनताको समस्या समाधान गर्ने माओवादी मात्र हो

साथीन्यूज
५५६ पटक

पोखरा । पोखरा १८ मा माओवादी केन्द्रको तर्फबाट राजु शर्मा तिमिल्सिनाले उम्मेदवारी दिएका छन् । उनले चुनाव प्रचार प्रसारको कार्याक्रम सुरु गरेका छन् ।

उनले बृद्धसंग आशिवाद लिएर चुनाव अभियान सुरु गरेका छन् । पोखरा १८ का मुसुरोबारीका सय वर्षे वर्षका देवी दत्त्त देवकोटा संग आर्शिवाद लिए । देवकोटाले आर्शिवाद मात्र लिएन मात्र उनी गितमा पनि केही समय नाचेर फर्के । ‘मैले नसोचेको भयो म धेरै खुसी छु,‘देवकोटाले भने,‘तिमिले चुनाव जित्छौं मेरो भोट तिमीलाई नै भयो ।’
त्यसपछी केही समयमा मेथलाङका सय मुक्तिराम गौतमका तिमिल्सिना पुगे । गौतम बसेको ठाउँबाट उठ्न सक्दैनन । उनले बसेको ठाउँबाट नै आर्शिवाद दिदै भने जितेर आउनु । पहिलाको घरमा जसरी नै पोखरा १८ बनपालेमा तिमिल्सिना आर्शिवाद लिनको लागि पुगे । डुकुमायाले ८३ वर्षे डुकुमाया दवाडीले पनि टिका लगाइदिन । टिका संगैको आर्शिबाद पछी उनी एकछिन गित बजाएर नाचिन ।
उक्त वडामा महिला सदस्यमा दुर्गा अधिकारी, दलित महिला सदस्यमा खुल्ला सदस्यमा उमनाथ तिमिल्सिना र हुमविर पुनले उम्मेदवारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्