पोखरा । वडा अध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिना पोखरा १८ का वडा अध्यक्षमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार हुन । राजुले राज्ले दिएको सेवा सुबिधा समाज सेवामा खर्च गर्ने बताएका छन् । वडाको गरिव निमुखा जनातको लागि प्रयोग गर्ने भन्दै वडाको विकासमा जितको अपरिहार्य रहेको बताए ।
बुधबार देखी चुनाव प्रचार प्रसारमा खटिएका उनले मेथलाङमा चुनावी प्रचार सभाको सम्बोधन गर्ने क्रममा सरकारी सेवाको पैसा खर्च गर्ने जनाकारी दिएका हुन । ४४ साल देखी विभिन्न राजनितिक दलमा आवद्ध तिमिल्सिना केही वर्ष भुमिगत भएरपनि काम गरेका थिए । माओवादीले पोखरा १८ मा बाटो खालेको, जातिय विभेद बिरुद्व बोलेको, सामान्तिले जनताको खाएको सम्पति फिर्ता गर्देको लगायतका काम गरेको उनले सम्झाए ।
मओवादीले न्याय दिएका सबैले भोट दिएमा अन्य संग भोट नमागे पनि चुनाव जित्ने बताए । फटाहा र सामन्त बादलाई हटाउन गठबन्धनलाई भोट दिनुपर्ने बताए । एक हजार दिएर पाँच वर्षको लागि बेचिन लागेको र नबेचिन आग्रह गरे ।
निर्वाचन परिचालन कमिटी पार्टीका नेता टिकराम तिमिल्सिना ४६ सालको आन्दोलनले नदिएको अधिकार ६२र६३ को आन्दोलनले दिएको बताए । थोरै जनसंख्या भएको समूहलाई पनि अवसर माओवादीले दिएको बताए । वडामा भएको बिचौलिया हटाउने बताए । उपाध्यक्ष नारायण तिमिल्सिना राजु उम्मेदवार भएर आउदा सराङकोट बासी खुसी भएको बताए ।
उत्पिडित समुदायका नेता लक्षुमण परियार यसपाली माओवादीले जित हासिल गरेमा मात्र उत्पिडितले न्याय पाउने बताए । माओवादी चुनाव जितेर हेपिएको मान्छे चेप्न आएको बताए । एमालेले हेपिएकोलाई पेलेको बताए ।
पुराना कम्युनिस्ट नेता टुकबहादुर थापा राम्रो र जुजारु नेता पाएको र उनलाई बिजय गराउनुपर्ने बताए । जनाताले जिताउन रातदिन खटेर पनि चुनावमा होमिन अनुरोध गरे । हक र हितको लागि लडेर खोस्नुपर्ने भन्दै सबै रात दिन खट्नुपर्ने उनले धारण राखे । केपी ओलीले हिटलर र सप्दाम हुसेन जस्तो भएको बताए । राजुले सर्वाहारालाई पराजित गराउने बताए । पोखरा १८ मेथलाङ टोल कमिटीका अध्यक्ष मनोज गौतमले माओवादीलाई विजय गराउनुपर्ने बताए ।
मेथलाङ टोल बिकास संस्थाको अध्यक्ष हरिमाया गौतम मेथलाङ् बासि एक भएर राजु तिमिल्सिनालाई बिजय गराउनुपर्ने बताए । पुरानो कम्युनिस्ट आन्दोलनकन नेता जनकराज अधिकारी गठनबन्धको उम्मेदवारलाई बिजय गराउन अनुरोध गरे । एमालेको जनप्रतिनिधि आएपछि एकपक्षीय ढंगबाट काम गरेको र वडाको बिकासमा ध्यान नदिएको जानकारी ।
विष्णुप्रसाद अधिकारी कम्युनिस्ट धेरैले भने पनि सुर्य चिन्ह लिने कम्युनिस्ट रहेको बताए । असली कम्युनिस्टलाई भोट दिन आग्रह गरे । एमाले हराउन केही भुमिका खेलेको र आफू सधै माओवादी रहेको बताए ।
स्थानिय सपना गौतमले राजु तिमिल्सिना समाजमा पहिलाको कामको अनुमान गरेर भोट दिनुपर्ने बताइन । उनले भनिन्,वडा अध्यक्षका उम्मेदवार राजु तिमिल्सिना हिजो देखि कार्यक्रम सुरु गरियो । नेकपा माओवादी केन्द्र पोखरा १८ का अध्यक्ष पुर्ण तिमिल्सिनाको अध्यक्षतामा कार्याक्रम भएको थियो ।
उक्त वडामा माओवादी केन्द्रबाट अध्यक्षमा राजु शर्मा तिमिल्सिना, महिला सदस्यमा दुर्गा अधिकारी, दलित महिला सदस्य साहारा नेपाली, खुल्ला सदस्यमा उमनाथ तिमिल्सिना र हुमबिर पुर उम्मेदवार रहेका छन्