News Portal

यी हुन पोखराका २३ जना मेयरका उम्मेदवार

साथीन्यूज
२३८ पटक

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा विभिन्न राजनैतिक दल र स्वत्रन्त्रका गरेर अहिलेसम्म २३ जनाको उम्मेदवारी परेको छ ।
पोखरा २४ का खगराज पौडेल ‘गनेस’, पोखरा १४ का विमल बहादुर कार्की, पोखरा २८ का रामराज अधिकारी, पोखरा १५ डिल बहादुर गुरुङ, पोखरा १७ नवराज बास्तोला, पोखरा ३२ किशान सिंह गुरुङ, पोखरा ३१ का नन्द प्रसाद तिवारी, पोखरा ६ का सुनिल कुमार काइरला र पोखरा ६ का ऋषिराम सापकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पोखरा ३२ का भोजराज खनालले सचेत नेपाली पार्टी, पोखरा २४का एंजल तिमिल्सिना मालिक जरोकिला पार्टी, पोखरा २० का प्रेम प्रसाद गुरुङ मंगोल नेशनल अगनाइजेशन, पोखरा ८ का मुक्तिनाथ सुबेदीले नेपाल जनता दल, पोखरा ६ का गोविन्द गुरुङ राप्रापा नेपाल, पोखरा १८ की मुना बाँनिया अमुल परिर्वतन नसिंह पार्टी, पोखरा ४ का सरन सिंह मोक्तान जनमत पार्टी, पोखरा १७ का नरबहादुर दमैले देशभक्त समाज, पोखरा २० कि रोशनी बाँनीया बस्नेत नेपालका लागि नेपाली पार्टी, पोखरा २३ का कृष्ण थापाले नेकपा एमाले, पोखरा १ का धनराज आचार्यले समाजवादी एकिकृत, पोखरा ८ का अनिल कुमार राइ संघिय राष्ट्रिय लोकतान्त्रीक मञ्च, पोखरा ५ का आषिश थापा उन्नत लोकतन्त्र पार्टी र पोखरा ३० का भेषराज त्रिपाठी नेकपा माओावादी समाजवादी पार्टीबाट उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी थपिने क्रम जारी छ ।

प्रतिकृया दिनुहोस्