News Portal

पाेखराकाे उपमेयरमा कांग्रेसबाट १० जनाको नाम सिफारिस

साथीन्यूज
४६८ पटक

पोखरा ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि पोखराको उपमेयरमा नेपाली काँग्रेस गण्डकीबाट १० जनाको नाम सिफारिस भएका छन् । प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा सम्पन्न पदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।

सिफारिस हुनेमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसी छन् ।

उक्त नामहरु नेपाली काँग्रेस पोखरा महानगर समितिले पठाएकोमा नेपाली काङ्ग्रेस गण्डकीले जस्ताकोतस्तै केन्द्रमा पठाएको पाटीका प्रचार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिए ।

गठबन्धन दल भित्रको समाजवादीलाई मेयर पद परेपछि उपमेयरका लागि भने कांग्रेस भित्र रस्साकसी शुरु भएको छ ।

प्रतिकृया दिनुहोस्