फ़ेवातालमा तैरिएको अवस्थामाआज बिहान एक महिला मृत भेटिएकी छिन। न्दाजी वर्ष ४०/४५ उमेरको जस्तो देखिने ती महिला को हुन् ? पहिचान हुन सकेको छैन।
ती महिलाको शरीरमा कुनै चोटपटक र दाग नदेखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले जानकारी दिएका छन्। फेवातालको बीच भागमा रहेको बाराही मन्दिर भन्दा पारि पट्टि पोखरा महानगरपालिका वडा नं.२२ चिसापानी जंगल तल फेवातालको किनारमा उनको शब् भेटिएको प्रहरीले जानकारी दिएको छ।
एक दिन अघि मृत्यु भएको जस्तो देखिने ती महिलाको शब पानीले ढाडिएको अवस्थामा देखिएको बताइएको छ।
वर्ण कल्साउँदो, मंगोलियन अनुहार, मोटो शरिर, वाँया हातको साईली औंलामा रातो पत्थर सहितको पहेँलो औंठी लगाएकी रातो चुरा लगाएकी, उचाई ५ फिट, खैरो रंगको टिसर्ट, नीलो सुरुवाल लगाएकी ती महिलाको पहिचानका लागि प्रहरीले आज फोटो पनि सार्वजनिक गरेको छ।
शबलाई पोस्टमार्टमका साबिक पश्चिमाञ्चल क्षेत्रिय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको छ। शबको पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण एकीन गरेर भन्न सकिने एसपी थापाले जानकारी दिए।