News Portal

पोखराको मेयरमा व्यवसायी घरनाका किरण के.सीको चर्चा

साथीन्यूज
२६० पटक

पोखरा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयर पदका लागि नेपाली विभिन्न नोताको नाम चर्चामा आएको छ । युवा उद्यमीदेखि महिला नेतृ हुँदै पूर्वमन्त्री, वाहालवाला मन्त्री र पूर्वसचिवसम्मको नाम पोखराको मेयरको रुपमा चर्चामा आएका छन ।

चर्चामा आएका मध्य एक हुन युवा नेता तथा उद्यमी किरण केसी । चर्चित व्यावसायिक घराना के.सी ग्रुपका सञ्चालक, चर्चित उद्योगी सूर्यबहादुर के.सीका माइला छोरा किरण के.सीको नाम पनि मेयरको चर्चामा छ ।

आफ्नै बाबुले स्थापना गरेको व्यावसायिक साम्राज्यको नेतृत्व सम्हालिरहेका छन । पछिल्लो समय राजनीतिमा सक्रिय किरण युवा उद्यमी व्यवसायीमाझ लोकप्रिय छन । उद्योग, कन्ट्रक्सन, हाइड्रो पावर, बैंकिङ लगायत क्षेत्रमा ठूलो लगानी छ ।
लगानी मात्र नभई के.सी सामाजिक क्षेत्रमा काम गर्न पनि अब्बल रहेका छन् । के.सीले खेलकुद र खेलाडी उत्पादनका लागि विभिन्न खेलकुद सम्बन्धी संस्थालाई सहयोग गर्दै आएका छन् । बिदेशमा हैन नेपालमा नै ब्यवसाय गर्नुपर्छ भन्ने उनको धारणा छ ।
मानव भएर मानवलाई बचाउनु पर्छ भन्ने नाराका साथ केसीले कोभीड १९ का बखत रोगले भन्दा भोकले अपृय घटना नघटोस भनेर विभिन्न स्थानमा राहत वितरण गरेका थिए ।

कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका के.सीलाई नै उमेदवार बनाउनुपर्ने दबाब बढेको कांग्रेस नेताहरु बताउँछन । लोकप्रिय युवाले नै जित हासिल गर्न सक्ने भन्दै के.सीलाई उमेदवार बनाउन दबाब बढेको जिल्लाकै नेताहरु बताउँछन ।

प्रतिकृया दिनुहोस्