News Portal

महानगरमा तीन-तीनको भागवण्डा गर्न कांग्रेसलाई सत्ता गठबन्धनका अन्य पार्टीको प्रस्ताव : गगन थापाले गरे चुनाबी तालमेलको बिरोध

साथीन्यूज संवाददाता
७६५ पटक

आसन्न स्थानीय तहको चुनाबमा छ वटा महानगरपालिका मध्ये तीन वटा महानगरपालिकाको नेतृत्व लिन गठबन्धनका अन्य दलहरुले नेपाली कांग्रेसलाई प्रस्ताव गरेका छन्। तर बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनाबी तालमेलको नै बिरोध गरेका छन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको संयन्त्रको आइतबार बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले महानगरको भागवण्डा प्रस्ताव गरेका हुन् । नेताहरुले कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर लिन तथा भरतपुर, पोखरा र वीरगञ्ज महानगर छाड्न प्रस्ताव गरेका हुन् ।

बैठकमा माओवादी केन्द्रका नेता वर्षमान पुनले २०७४ सालको निर्वाचनमा जुन पार्टीले नेतृत्वमा जितेको छ, यस पटक पनि त्यही दलले नेतृत्व लिने र एमालेले जितेको पालिकामा भागवण्डा गर्ने प्रस्ताव गरेका थिए ।

नेकपा एकीकृतका वेदुराम भुसालले पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा जुन पालिकामा जुन दलले जितेको छ, अहिले पनि त्यही दलले नेतृत्व लिने प्रस्तावमा सहमति जनाए । एमालेले जितेको पालिकामध्ये आधा आफूले पाउनुपर्ने र आधा अरुले बाँडेर लिनुपर्ने उनको प्रस्ताव छ ।

जसपाका अशोक राई र रेणु यादवले भने सम्मानजनक एकतामा जोड दिएका थिए ।

सट्टा गठबन्धनका अन्य राजनीतिक पार्टीका नेताहरुले गरेको प्रस्ताब बारे नेपाली कांग्रेसले कुनै जवाफ दिएका छैनन्। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले त चुनाबी तालमेलका बिरुद्धमा बोले। उनले आफ्नो पार्टीको विधान र पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयले पनि केन्द्रमा निर्णय गर्न नमिल्ने भन्दै उनले भने, ‘यहाँ बसेर निर्णय ग¥यौं भने दुर्भाग्यपूर्ण हुन्छ । त्यसैले तल्ला कमिटीहरुमै छलफल गरेर सहमति खोजी गर्न भनौं ।’ महामन्त्री थापाले केन्द्रबाट भागवण्डा गर्न खोजे दुर्घटना हुने चेतावाने पनि दिए। ।

तालमेलको समग्र विषयमा भोलि विहान ९ बजे शीर्ष नेताहरुकै उपस्थितिमा छलफल गर्ने सहमतिका साथ आइतबारको छलफलबाट नेताहरु उठेका छन् ।

बैठकपछि अनुगमन संयन्त्रको तर्फबाट जारी वक्तव्यमा भने तालमेल गरेर अघि बढ्न सहमत भएको र प्रदेश र जिल्लामा सहमति कायम गरेर केन्द्रमा पठाउने म्याद ३० गतेसम्म थप गरिएको उल्लेख छ ।

प्रतिकृया दिनुहोस्