News Portal

पोखरामा अनलाइन यौन धन्दा,उमेरअनुसार मूल्य, घर–घरमै डेलिभरी, प्रहरीले गर्यो सार्वजनीक (भिडियो सहीत)

साथीन्यूज
७३१ पटक

पछिल्लो समय भने डिजिटल माध्यमको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको छ । यसमा संलग्न समूहहरु एकपछि अर्को गरी पक्राउ परेका छन् ।
कास्की प्रहरीले एक साता अघि (१४ फागुनमा) यौन धन्दा चलाउने गिरोहका दुई सदस्य पक्रियो । भोलिपल्टै यो गिरोहका नाइके पक्राउ परे । नाइके पोखरा ७ मुस्ताङचोकका ३० वर्षीय नारायण पोखरेल हुन् । उनकी प्रेमिका सिन्धुपाल्चोकको चौतारा नगरपालिका, ६ ठूलीधाराकी २२ वर्षकी पूजा थापा मगर र बाँके चिसापानी ९ का २२ वर्षीय विशाल योगी हुन् । यो समूह विरुद्ध मानव बेचबखन तथा ओसारपोसार मुद्धा अघि बढेको छ । यसअघि दुई समूह समाति सकिएको कास्की प्रहरीले बताएको छ ।

अनलाइन यौनधन्दा चलाउने मुख्य योजनाकार नारायण र पूजाको जोडी हो । उनीहरुले यस्तो व्यवसाय गर्नका लागि सामाजिक सञ्जाललाई मूख्य हतियार बनाएका छन् । विभिन्न फेक आइडी र आफ्नो पहिचान नखुल्ने मोबाइल नम्बरबाट भाइबर, ह्वाट्सएप जस्ता आइडी बनाउने र त्यसमार्फत् नै यौनसम्पर्क गर्न चाहनेका लागि विभिन्न सूचना जारी गर्ने गर्दथे । त्यसपछि ग्राहकले उनीहरूलाई सम्पर्क गर्दथे । उनीहरूले आफ्नो सम्पर्कमा भएका युवतीका तस्वीर ग्राहकलाई पठाउने र ग्राहकले रोजेका युवती छान्दथे ।

प्रहरीका अनुसार उनीहरूले उमेर समूह हेरेर युवतीहरूको मूल्य तोक्थे । १८ वर्षभन्दा मुनिको माथिको फरक–फरक रेट तोकिने गरेको जाहेरीवालाले प्रहरीलाई बताएका छन् । १८ वर्षभन्दा मुनिका युवतीको १७ हजार रुपैयाँ प्रतिरात र त्योभन्दामाथि उमेर समूहका युवतीको १५ हजार रुपैयाँ प्रतिरातसम्म ग्राहकबाट लिने गरेको पाइएको छ । जति कम उमेर, त्यति महँगो मूल्य ।

इन्पेक्टर मुकेस न्यौपानेको सर्च अप्रेसनले योनधन्दा संचालन गर्दै आएका गिरोहलाई पक्राउ गर्न सफल भएको थियो आज हामीले यसैको पेरी फेरीमा रहेर जिल्ला प्रहरी कार्यलयले ति ३ जनालाई सार्बजनीक गरेको यो भिडियो सामग्री प्रस्तुत गरेका छौ यो कार्यक्रम हेर्नुहोस

प्रतिकृया दिनुहोस्