News Portal

पोखरामा एकैदिनमा ७ जना कोरोना संक्रमितको मृत्यु: स्थिति भयावह बन्दै

साथीन्यूज संवाददाता
७०९ पटक

कोरोना संक्रमणका कारण पोखरामा आज मात्रै विभिन्न ठाउँका ७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनिपाल अस्पतालमा १ जना , गण्डकी मेडिकल कलेजमा १ जना , पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ३ जना र चरक मेमोरियल अस्पतालमा २ जनाको मृत्यु भएको बताईएको छ ।

यसैगरि उनिहरुको शव ब्यवस्थापनमा नेपाल आर्मी नेपाल प्रहरीद्वारा भैराखेको छ। कोरोना संक्रमणबाट एकैदिनमा ७ जनाको मृत्यु भएको पोखरामा यो पहिलो पटक भएकाले पनि शव ब्यवस्थापनमा केही समय लाग्ने श्रोतले जनाएको छ ।

६ जनाको शव ब्यवस्थापन आज हुने छ भने चरक अस्पतालमा मृत्यु भएका एक जानाको भोलि मात्र शव ब्य्वस्थापन गरिने भएको छ

प्रतिकृया दिनुहोस्