नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संघिय सांसद सूर्यबहादुर केसीको ६३ वर्षको उमेरमा निधन भएको छ । सोमबार राती करिव ११ बजेतिर उनको निधन भएको हो ।केही समयदेखि सुगर र प्रेसरले उनी विरामी थिए । बिरामी परेपछि घर नजिकको एक अस्पतालमा उपचारार्थ लगिएको भएपनि उपचार शुरु गर्दा गर्दै उनी बेहोस भएको र त्यसपछि डाक्टरकै निगरानीमा घरमा लगिएको भएपनि उनको होस आउन सकेन । त्यसपछि उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । सुगर डाउन भएर केसीको निधन भएको परिवारका सदस्यको अनुमान छ । ३ बर्षअघि संघिय संसदको चुनावताका उनी नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् । केसीले त्यसअगाडी राष्ट्रिय प्रजातन्त्र पार्टिमा लामो समय राजनीति गरेका थिए । त्यस समयमा उनि राप्रपाको केन्द्रीय कोषाध्यक्ष र संविधान सभामा सदस्य पनि बनेका थिए । युवावस्थामा तत्कालीन पोखरा नगर पंचायतको प्रधानपंच समेत रहेर काम गरेका केसी सफल उधोगी मानिन्छन । उनको लगानी हाईड्रोपावर , बैंकिंग, चाउचाउ एवं फुड्स , र मिडिया लगायतका क्षेत्रमा छ । (यस दुखद घडीमा ब्रह्मलीन आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन भाउज्यु र छोराहरु ( प्रकाश , किरण र रोशन ) सहित सबैमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनि हार्दिक समवेदना प्रकट गर्दछु ।
- पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोमसुरु
- गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी पुरा
- कोटिहोम पुगेर मन्त्री भट्टराइले भनिन् : धार्मिक पर्यटकीय गन्तब्य बनाउन बजेटको व्यवस्था गर्छु
- गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
- पोखराको अन्नपूर्णेश्वर शिवालय शिवक्ती धाममा शिवालय मन्दिरको उद्धघाटन
- पोखरामा जारी कोटिहोममा ११ जनाको सामुहीक ब्रतबन्ध
- पोखरा–२३ मा महिला भलिबल प्रतियोगिता एवं विविध सास्कृतिक कार्यक्रम सुरु