News Portal

लोककवि अलिमियाँको स्मृतिमा पोखरामा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

साथीन्यूज
७३ पटक

पोखरा, १३ पुस ।
लोक कवि अलि मियाँको स्मृतिमा चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा माछापोखरी फुटबल मैदानमा माघ १३ देखि प्रतियोगिता हुन लागेको हो ।
समितिका अध्यक्ष अब्बास अलिमियाँले आउदो माघ १३ देखि २० गतेसम्म प्रतियोगिता गर्न लागिएको जानकारी दिए । दुइ वर्षको अन्तरालमा प्रतियोगितामा गर्ने उदेश्य भए पनि विविध कारणले गत वर्ष प्रतियोगिता आयोजना गर्न नसकिएको अलिमियाँले बताए । तेस्रो संस्करणको प्रतियोगिता २०७८ मा सम्पन्न भएको थियो ।
प्रतियोगितामा ४० भन्दा बढी टिमले सहभागिता जनाउने अपेक्षा गरिएको समितिका सचिव महोमद तारीक अजिजले बताए । तेस्रो संस्करणमा ४३ टिको सहभागिता रहेको थियो, यो वर्ष पनि ४०–५० टिमको सहभागिता हुने अपेक्षा गरेका छौँ, अजिजले भने ।
आयोजकले प्रतियोगिताको पुरस्कार राशी पनि बढाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने खेल संयोजक नाजिम अलीले जानकारी दिए ।
यस पहिलेको तेस्रो संस्करणमा प्रथम पुरस्कार १ लाख २५ हजार र द्धितिय पुरस्कार ७५ हजार विजेता र उपविजेताले पाएकाकोमा यस पटक पुरस्कार राशी बृद्धी गरिएको आयोजकले जनाएको छ ।

यस्तै विधागत तर्फ ५ विधामा खेलाडीलाई पुरस्ककृत गरिने छ । वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् ।
प्रतियोगिताको पहिलो संस्करण २०७२ र दोस्रो संस्करण २० ७४ सालमा भएको थियो । स्थानीय खेलाडीलाई प्रोत्साहन र फुटबलको विकास गर्ने उदेश्यसहित समाजले प्रतियोगिता संचालन गदैँ आएको समितिका उपाध्यक्ष नरकत अलिमियाँले बताए ।
समितिका सहकोषाध्यक्ष सम्सुल हकले प्रतियोगिता सम्पन्न गर्न १० लाख भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको बताए । पुरस्कार राशीमा बृद्धि र व्यवस्थापन खर्च समेत बढेकाले प्रतियोगिता खर्च बढ्नसक्ने उनको भनाई छ ।


स्थानीयवासी, अगुवा समाजसेवी साथै महानगरका वडा कार्यलयहरुको सहयोगमा प्रतियोगिताको आर्थिक स्रोत जु
समितिले प्रतियोगिताका लागि टिम दर्ता खुल्ला गरिसकेको जनाएको छ । ७ हजार तिरेर टिम दर्ता गर्न सकिने समितिले जनाएको छ ।
युवाहरुलाई सकारात्मक सोँचको विकास गर्न र समाजीक कार्य गर्ने उदेश्यले २० ५२ सालमा संस्था दर्ता गरिएको अध्यक्ष अलिमियाँले जानकारी दिए । समाजले रक्तदान, खुला व्यायमशाला ,दैविक विपद् र आर्थिक समस्यामा परेकालाई सहयोग साथै युवालाई सकारात्मक कार्यमा लाग्न सचेतनामुलक कार्यक्रम गदैँ आएको छ । समितिको अगुवाइमा २०७९ असारमा मियापाटन क्षेत्रलाई मध्यपान निषेधीत क्षेत्र धोषणा गरिएको छ ।

प्रतिकृया दिनुहोस्