News Portal

विदेश जान चाहने विद्यार्थीहरुलाई जि एण्ड के मा अभिमुखिकरण कार्यक्रम

साथीन्यूज संवाददाता
२०१ पटक

पोखरा, २५ जेठ
जि एण्ड के इन्टरनेशनल एजुकेशन कन्सल्ट्यान्ट पोखराले पियर्सन टेस्ट अफ अंग्रेजी (पिटिइ) सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा नै विद्यार्थीहरुलाई सेवा दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको कन्सल्टेन्सीका संचालक राजन पन्थीले जानकारी दिए ।

आइतबार सम्पन्न कार्यक्रममा पिटिइ नेपाल तथा भुटान क्षेत्रका व्यापार विकास प्रबन्धक सुमनकृष्ण श्रेष्ठले प्रमुख बक्ताको रुपमा सहभागिलाई सहजिकरण गरेका थिए ।

कार्यक्रममा एक सय बढि विद्यार्थीको सहभागिता रहेको र विदेश अध्यन गर्न जान चाहने विद्यार्थीहरुले लाभ लिएको संचालक पन्थीले बताए ।

कार्यक्रममा विदेश पढ्न जानका लागि पछिल्लो समय भएका प्रावधानका वारे जानकारी दिनुको साथै पोर्टल तथा उपकरणहरु कसरी प्रयोग गर्ने भन्ने वारे श्रेष्ठले जानकारी दिएका थिए ।

जि एण्ड के ले सन् २०२३ मा पोखराबाट शिर्ष साझेदार पुरस्कार प्राप्त गरेको थियो ।

आगामी दिनमा पनि यस्तै जानकारीमुलक विद्यार्थी मैत्री कार्यक्रम गदै जाने संचालक पन्थीले प्रतिवद्धाता व्यक्त गरे । जि एण्ड के ले प्लस टु दिएर बसेका विद्यार्थीहरुका लागि आइइएलटिएस र पिटिइका कक्षा पनि संचालन गरिरहेको छ ।

संस्थाका इंग्लिश प्रोफिशिएंसी टेस्ट इंस्ट्रक्टर दीपक आचार्य पोखरामा एक मात्र पिटिइ स्तर दुइ प्रमाणित प्रशिक्षक हुन् ।

जि एण्ड केले विदेशमा अध्यन गर्न जाने विद्यार्थीहरुका लागि मोफलमा रहेर उत्कृष्ट शैक्षिक परामर्श सेवा दिदै आएको छ ।

 

 

प्रतिकृया दिनुहोस्