News Portal

गण्डकीको बजेट बहुमतले पारित

साथीन्यूज संवाददाता
१०३ पटक

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । अर्थमन्त्री डाक्टर टकराज गुरुङले असार १ गते ल्याएको बजेट शोमबार बहुमतले पारित भएको हो ।

मन्त्री गुरुङले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट पारित गरियोस् भन्न प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई सभामुखले कृष्णप्रसाद धितालले सभासमक्ष निणयर्थ प्रस्तुत पछि बहुमतले पारित भएको घोषणा गरेका थिए ।

अर्थमन्त्री गुरुङले ल्याएको बजेटमा चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख अर्थात ३९. ९१ १ प्रतिशत विनियोजन भएको छ । यस्तै पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख अर्थात् ५९.१९ प्रतिशत बजेट ल्याएको छ । संघ सरकारबाट प्राप्त हुने वाहेक आन्तरिक आय तर्फ ५ अर्ब १७ करोड राजश्व उठाउने लक्ष्य बजेटले राखेको छ ।

सरकारले ल्याएको बजेटप्रति प्रमुख प्रतिपक्ष दलका सांसदहरुले चर्को असन्तुष्टि जनाएका थिए । प्रतपक्ष दलका सांसदहरुले लक्ष्य र उदेश्यहिन छरिएको बजेटले प्रतिफल दिन नसक्ने भन्दै आलोचना गरेका थिए । सरकारले पूर्वाधार तर्पmका कार्यक्रमलाई बजेट बिनियोजनामा प्राथमिकतामा राखेको छ ।

यस्तै सोमबारको बैठकमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जीवनासक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गरेका छन् ।

बैठक भोली दिउँसो १ बजे बस्ने छ ।

प्रतिकृया दिनुहोस्