News Portal

कौशी खेती प्रर्वद्धन कार्यक्रम चलाएका छौँ : वडा अध्यक्ष पराजुली

साथीन्यूज
२५७ पटक

पोखरा महानगरपालिका वडानम्बर ४ ले वडावासीलाई ग्रो ब्याग र हजारी वितरण गरेको छ । दुइ सय थान हजारी र दुइसय जनालाई ४ वटाका दरले ग्रो ब्याग वितरण गरिएको हो ।
वडाले ५० प्रतिशत अनुदानमा उक्त सामाग्री वडावासिलाई वितरण गरेको वडा अध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए । वडामा कृषि भूमि प्रयाप्त नहुदाँ वाहिरबाट कृषि जन्य बस्तु आयात गर्नुपर्ने बाध्यतालाई मध्यनजर गदै कौशी खेतीलाई प्रोत्साहन गरिएको पराजुलीले बताए ।


घरको सानो कम्पाउण्डमा, कौशी र छतमा पनि ग्रो ब्यागमा तरकारी खेती गर्न सकिने भएकाले वडाले खेती गर्न चाहने वडासीलाई प्रोत्साहन रुवरुप उक्त सामाग्री दिइएको हो ।
कोशी खेती गर्न चाहनेहरुका लागि वडाले यस पहिले लहरे वालीसम्बन्धी तालिम पनि दिएको थियो ।
कृषि संजाल पोखरा ४ का अध्यक्ष मनोज कोइरालाले कृषि खेती गर्न चाहनेहरुका लागि वडामार्फत कार्यक्रमहरु संचालन गरिएको बताए ।
संजालले महानगरपालिका, वडा कर्यालय र संजालको समन्वयमा गैहपाटनमा रहेको वडा कार्यालयको परिषरमा हरेक हप्ता शुक्रबार हाटबजार संचालन हुदैँ आएको छ ।
पोखरा महानगरभित्र उत्पादीत कृषि उपजलाई हाटबाजरमा विक्रीका लागि राख्ने गरिएको संयोजक कोइरालाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्