नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान) ले पोखरामा बृहत शैक्षिक बहस कार्यक्रम गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै चैत ३० गते ‘इडीयू ३६०’ नाम दिएर पोखरा सिटी स्कवायर बेनक्यूट न्यूरोडमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी गराइएको हो ।
एक दिने कार्यक्रममा तीन सेसन हुने (इक्यान) कास्कीका उपाध्यक्ष एबम् संयोजक सन्तोष शाहीले बताए । उनका अनुसार पहिलो र दोस्रो सेसनमा प्यानल डिस्कसन हुनेछ भने तेस्रो सेसनमा मुख्य वक्ताका विचार सुनिनेछ । कार्यक्रममा मुख्य वक्ताको रुपमा महानायक राजेश हमाल आउने जानकारी उनले दिएका छन् ।
अन्य वक्तामा भने गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी,पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी विश्वविद्यालयका विज्ञान तथा प्राविधि संकाय (जीपास्ट) का कार्यकारी निर्देशक डा.ढाकाराम भण्डारी, डीन प्रोफेसर डा. कपील अधिकारी र इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई रहनेछन् ।
बहस कार्यक्रममा विदेशमा अध्ययन गरी नेपाल फर्केकाहरुको समेत अनुभव सुन्न पाइने (इक्यान) कास्कीका अध्यक्ष रमेशकुमार थापाले बताए । कार्यक्रममा विद्यार्थी, अभिभावकलाई समेत बोलाइएको छ । वैदेशिक अध्ययनको विषयलाई सकरात्मक तवरले बुझाउने प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएको अध्यक्ष थापाले उल्लेख गरे ।
ग्लोवल एजुकेशनका विषयमा शिषाविद, सरकारका प्रतिनिधि, राजनीतिज्ञ, परामर्श व्यवसायी, विद्यार्थी र यो क्षेत्रसँग सरोकार राख्ने सरोकारवालाहरु बीच स्वस्थ छलफल गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको (इक्यान) कास्कीका सचिव कमल बरालले बताए । कार्यक्रममा विश्व बजारमा शिक्षामा भएका परिवर्तन, त्यसको महत्व, नेपाली विद्यार्थी विदेशिनुको कारण, गुणस्तरीय शिक्षाका लागि आवश्यक नीतिनिर्माणका विषयमा छलफल हुने बरालले बताए ।
बहस कार्यक्रममा विदेशमा अध्ययन गरी नेपाल फर्केकाहरुको समेत अनुभव सुन्न पाइने (इक्यान) कास्कीका अध्यक्ष रमेशकुमार थापाले बताए । कार्यक्रममा विद्यार्थी, अभिभावकलाई समेत बोलाइएको छ । वैदेशिक अध्ययनको विषयलाई सकरात्मक तवरले बुझाउने प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएको अध्यक्ष थापाले उल्लेख गरे ।
इक्यान कास्कीले यसअघि पनि विभिन्न शैक्षिक मेला गर्दै आएको छ । विद्यार्थीहरुको चाहनाअनुसार नै शैक्षिक मेलाको आयोजना हुने गरेको आयोजक संस्थाको भनाई छ । हाल इक्यान कास्कीमा मात्रै ४६ वटा शैक्षिक संस्था आबद्ध छन् ।