साथीन्यूज
पोखरा, ३० साउन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले विद्यार्थी काेचेर बोक्ने तीनवटा बसलाई कारवाही गरेको छ ।
क्षमता भन्दा धेरै विद्यार्थी बोकेको पाइए पछि ती बसलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक भानु शर्माले जानकारी दिए ।
विद्यालय बसमा छड्के चेकिङ गर्ने क्रममा जिरोकिलोमिटरमा ती बस कारवाहीमा परेका हुन् ।
कारवाहीमा पर्नेमा गण्डकी एकेडेमी, हिलसाइड इङगलिस स्कुल र सृजना मावि सृजनाचोक रहेका छन् । भिडियो सहीत