News Portal

साथीन्यूज संवाददाता
११ पटक

पाेखरा ।

उदियमान खेलाडीको प्रायोजकमा सहारा क्लब पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८१’ को उदियमान खेलाडी पुरस्कार सहारा क्लब पोल्हराले प्रायोजन गर्ने भएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २० वैशाख २०८२ मा हुने  नवौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको वर्ष उदीयमान खेलाडीको पुरस्कार प्रायोजन सहारा क्लब पोखराले गर्ने भएको हो ।

आइतबार एक कार्यक्रमका बिचमा सहारा क्लबले यस वर्ष समेत उदियमान खेलाडी पुरस्कार प्रायोजन गर्ने मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) ले जानकारी दिए । मिति घोषणासँगै अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारी सुरु भइसकेको उनको भनाइ छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई ऊर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आइरहेको छ ।

अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने अध्यक्ष घर्तीले जनाए ।

उक्त कार्यक्रममा सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराल, महासचिव रामजी अधिकारी, मञ्चको तर्फबाट अध्यक्ष सहित उपाध्यक्ष राजाराम पौडेल, कोषाध्यक्ष विमल तिवारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्