News Portal

पोखरा महानगर व्यवसाय प्रवर्द्धन केन्द्रद्धारा ३० जनालाई उद्यमशीलता तालिम

साथीन्यूज संवाददाता
५५ पटक

पोखरा, ८ पुस ।

पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजनामा संचालित एक हप्ते उद्यमशीलता तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका आर्थिक विकास समिति सभापति बोधबहादुर कार्कीले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो ।

प्रमाणपत्र वितरण गदै समितिका सभापति कार्कीले पोखरा महानगरपालिकाले उद्यमी बनाउन र स्वरोजगार सृजना गर्ने कार्यक्रमलाई संचालन गरिरहेको बताए । उनले यस्ता कार्यक्रमले व्यवसाय संचालन गरिरहेका र गर्न चाहनेहरुका लागि महत्वपूर्ण हुने भनाइ राखे ।

कार्यक्रममा उद्यमशीलता तथा वित्तिय साक्षरता साथै व्यवसाय संचालनका लागि सहुलियतपूर्ण कर्जा सहजीकरण वारे प्रशिक्षण प्रदान गरिएको थियो । महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरीयाले उद्यामशीलता विकास गर्न महानगरले विभिन्न सिपमुलक तालिक संचालन गरिएको जानकारी दिए । उनले प्रशिक्षार्थीहरुले राज्यले गरेको लागानीलाई खेर जान नदिने गरी व्यवहारमा उर्तान सुझाव दिए ।

व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीले तालिक तालिमका लागि मात्र सिमित हुन नहुनेमा जोड दिए । अधिकारीले महानगरले आगामी दिनमा आवश्यक सहयोग र सहजिकरण गरिरहने भन्दै व्यवसायी बन्न शुभकामना दिए ।

उद्यमशीलताको विकास, व्यवसाय प्रवद्र्धन, वित्तिय साक्षरता र व्यवसाय दर्ता वारे प्रशिक्षण दिइएको अधिकारीले जानकारी दिए ।

राष्ट्रिय युवा परिषद् भक्तपुरको साझेदारीमा कार्यक्रमको आयोजना गरिएको हो । एक हप्ते कार्यक्रममा राष्ट्रिय प्रशिक्षक लक्ष्मी प्रसाद आचार्य र त्रोताकुमारी गिरीले सहजिकरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्