News Portal

साथीन्यूज संवाददाता
७८ पटक

काठमाडौं, १० कार्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने भएका छन् । कुलमानले आफूहरुले दिएको निर्देशन एकपछि अर्को गरेर लत्याएको भन्दै प्रधानमन्त्री ओलीले उनलाई हटाउने तयारी गरेका छन् । यसको लागि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहमति लिईसकेको विश्वस्त स्रोतको दाबी छ ।

यद्धपी कांग्रेसकै प्रभावशाली नेता डा। शेखर कोइरालाले भने आजमात्रै कुलमानले विद्युतको बक्यौता उठाउन गरेको पहलको प्रशंसा गरेका छन् । उनले बक्यौता उठाउने कुरामा सरकार ब्याक भएकोमा शेखरको असन्तुष्टि छ । कुलमानले बिहीबार राति अबेरसम्म उर्जामन्त्री दीपक खड्कासँग छलफल गरेका थिए ।

सो छलफलमा उद्योगको लाईन नकाट्ने सहमति थियो । प्रधानमन्त्री ओलीको निर्देशन लिएर कुलमानसँग छलफलमा बसेका दीपकले लामो छलफल गरेर बक्यौता उठाउने विषयमा विकल्पहरु खोज्ने कुरा गरेका थिए । तर, कुलमानले बक्यौता नतिर्ने उद्योगको लाईन नकाट्ने कुरामा मौखिक निर्देशन भएर लिखति निर्देशन खोजको थिए । क्याविनेट चल्दै गर्दा उर्जामन्त्री खड्काले कुलमानको यही अडान प्रधानमन्त्री ओलीसमक्ष सुनाएका थिए ।

तर, सरकारबाट लिखित निर्देशन नगएपछि कुलमानले मध्यराति उद्योगको लाईन काटिदिए । यो विषय अहिले उत्कर्षमा पुगेको छ । सरकार उद्योगीहरुको पक्षमा उभिएको देखाईएको छ । तर, कुलमानले आफूले कानूनी बाटो समातेको भनेर पत्रकार ऋषि धमलासँगको कुराकानीमा स्पष्ट पारिसकेका छन् । केही उद्योगले भने बक्यौता तिरेको कुलमानको भनाई छ । पहिलो किस्ता तिर्नेहरुको हकमा भने प्राधिकरणले केही लचकता अपनाउनेपनि उनको भनाई छ ।

कुलमानसँग प्रधानमन्त्री ओलीको पूरानै रिसिईबी बाँकी छ । एमाले पँक्ति कुलमानलाई जिम्मेवारीबाट हटाउनुपर्ने पक्षमा उभिएको छ । प्रधानमन्त्री ओलीले आजरभोलिभित्रै कुलमानलाई जिम्मेवारीबाट हटाउनेगरि कदम चाल्न लागेका छन् । जसमा उर्जामन्त्री खड्काले पनि साथ दिने भएका छन् । कांग्रेस सभापति देउवालाई पनि साथमै लिएर ओलीले यो कदम चाल्न लागेको सरकारनिकट उच्च स्रोतको दाबी छ ।

प्रतिकृया दिनुहोस्