News Portal

डिएसपी शर्माको नेतृत्वमा कुकुर सहितको टोलीले ग¥यो सवारी चेकजाँच भिडियो सहीत

डिएसपी शर्माको नेतृत्वमा कुकुर सहितको टोलीले ग¥यो सवारी चेकजाँच भिडियो सहीत

साथीन्यूज
१३१ पटक

डिएसपी शर्माको नेतृत्वमा कुकुर सहितको टोलीले ग¥यो सवारी चेकजाँच
जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डिएसपी वसन्त कुमार शर्माको नेतृत्वमा कुकुर सहितको चेकिङ गरिएको छ । तनहुँ हुँदै कास्की प्रवेश गर्ने नाकामा मंगलबार कुकुरसहितको चेकिङ गरिएको हो ।

दशैँ, तिहार, छठ पर्वलाई मध्येनजर गर्दै कास्कीमा लागुऔषध तथा पटका लगायत विस्फोटक पदार्थ भित्रिन सक्ने भन्दै प्रहरीले सवारी जाँचलाई तिब्र पारेको हो । डिएसपी शर्माले चाडपर्वमा नागरिकलाई सुरक्षित गन्तव्यमा पु¥याउनका लागि सवारी जाँच गरेको सुनाए । ‘हामीले दशैँ तिहार सुरक्षा योजना भनेर एकीकृत सुरक्षा योजना १५–२० दिन पहिला नै जिल्ला सुरक्षा समिति मार्फत नै पास गरेर कार्यान्वयन गर्ने चरणमा छौं । त्यो चरण अन्तरगत आज हामीले कुकुर सहितको (डग स्मेलिङ) सवारी चेकिङ कार्यक्रम गरेका छौं । यो चेकिङमा हामीले विशेषगरी पोखरामा दशैँ तिहारमा भित्रिन सक्ने लागुऔषध र तिहारको लागि आउन सक्ने विष्फोटक पदार्थ पटकाहरु भित्रिन्छन की भन्ने आशंकाले गरेका हौं’ उनले भने, ‘अहिले तीन वटा कुकुरहरु छन् । जति पनि पोखरा भित्रिने सवारी छन तीनको हामीले चेकिङ गरिरहेका छौं ।’


कास्कीमा हाल तीन महिने अभियान समेत चलाएको छ । जसमा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु समेत चलाइएको छ । एक हप्ता अघि मात्रै ४५ हजार बढी ट्याब्लेट बरामद भएको सुनाउँदै डिएसपी शर्माले पहिला गाँजा बढी बरामद हुँदै गर्दा हाल औषधिजन्य लागुऔषध भेटिएको सुनाए । प्रहरी एक्लैले लागुऔषध जरैबाट फाल्न नसक्ने र यसका लागि नागरिकको सहयोग अत्यावश्यक रहेको सुनाए ।


चाडपर्वको समयमा घर छाडेर जाँदा छिमेकी वा नजिकैको प्रहरीलाई सम्पर्क गरि जान समेत उनले अनुरोध गरे । घर खाली भएको समयमा चोरीको घटना बढ्ने भएकाले आफु सचेत भइ प्रहरीलाई खबर गरे सोही अनुसार सुरक्षा दिने बताए । भिडियो सहीत

प्रतिकृया दिनुहोस्