साथीन्यूज संवाददाता
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार बसेको केन्द्रीय समिति बैठकले पुस २५ गते ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, माघ ३ गते ७ सय ५३ वटै स्थानीय तह र माघ ८ गते सबै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको एक नेताले जानकारी दिए ।
यसअि एक बजेका लागि बोलाईएको बैठकमा आन्दोलनका कार्यक्रमबारे दुई पक्षबीच कुरा मिल्न सकेको थिएन ।
सभापति शेरबहादुर देउवा चुनावमा जानु पर्ने पक्षमा छन् भने नेता रामचन्द्र पौडेल पक्ष आन्दोलनमा जानु पर्ने पक्षमा थिए।
पुस ५ गते प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि कांग्रेस विरोधमा उत्रिएको छ ।