News Portal

आलु महोत्सव हेरेर फर्किदा झगडा, गुम्यो एउटा आखाको ज्योती ! घाइतेको उपचार हुदै – भिडियो सहित

साथीन्यूज
३४३ पटक

पोखराको हेम्जामा आयोजित आलु महोत्सव हेरेर फर्कने क्रमममा झै झगदा हुदा एकजना युवा गम्भीर घाइते भएका हुन् । युवा व्यवसायी युवराज खतिवडाको आर्थिक सहयोगमा घाइतेको पोखराको हिमालयन आखा अस्पतालमा उपचार हुदै छ ।

धादिङ जिल्ला घर भएका सुरज तामाङ अहिले पोखरा महानगरपालिका वडा न १ मा बस्दै आएका हुन् । रातीको समयमा महोत्सव स्थलमा भएको सामान्य झगडाले उग्र रुप लिदा उनलाई रातीको समयमा केहि अपरिचित व्यक्तीहरुले आक्रमण गरेको तामाङले बताएका छन् । ।

तामाङको अनुहारमा ढुंगाले चोट लागेको छ । उनका आफन्तका अनुसार एउटा आखाको ज्योती गुमेको छ भने नाकको हड्डी पनि भाचिएको अवस्था रहेको छ !

घटना भएपछि घाइतेलाई उपचारको लागि पोखराको बाग्लुङ बसपार्क स्थित सहारा अस्पताल लगिएको थियो । त्यहाबाट उपचार सम्भव नभएपछि पोखराको मणिपाल अस्पताल लगियो । दुई दिन मणिपाल अस्पतालमा राखेर उपचार हुदै गर्दा मणिपाल अस्पतालले पनि उनको उपचार पोखरामा सम्भव नरहेको बताउदै काठमाण्डौ लैजान सुझाव दिएको थियो ।

घरको आर्थिक अवस्था कम्जोर रहेको र आफन्तबाट प्राप्त भएको सहयोग रकम पनि सकिएपछि उनका परिवारले आफ्नै घरमा लैजाने निर्णय गरेका थिए । त्यसैक्रममा आर्थिक अवस्था कम्जोर भएको र उपचार गराउन नसकेको समाचार आएपछि पोखराका सफल युवा व्यवसायी युवराज खतिवडाले उनको घरमै आएर स्वास्थ्य अवस्था बुझेका हुन् ।

घाइते सुरजको आमाका अनुसार युवराज खतिवाडाले बिरामीलाई आफ्नै गाडीमा हालेर पोखराको हिमालयन आखा अस्पतालमा लागेका छन् ।

मानवीय हिसाबले तत्काल उनलाई सहयोग गरेर अस्पताल पुर्याएका खतिवाडा स्वयंले उनको उपचारको क्रममा लाग्ने सम्पूर्ण खर्च आफुले दिने बताउदै चिकित्सकलाई राम्रो संग बिरामीको उपचार गराउन आग्रह गरेका थिए ।

उपचार गराउदै जाने क्रमममा चिकित्सकले भने ‘ समयमा नै नल्याएको भए बिरामीको दुईवटा आखा को ज्योती गुम्न सक्ने थियो । अहिले बिरामीको एउटा आखाको ज्योती गुमिसकेको छ , अब अन्तिम विकल्पको रुपमा हामी अप्रेसन गरेर घाउ निको बनाउने छौ भन्दै बिरामीलाई अप्रेशनको लागि लगियो ।

धादिङका युवा पैसा अभावकै कारण घरमा सहयोगी मनको अपेक्षामा बसिरहेको खबर सुन्दा आफुलाई निकै दुख लागेको र सहयोगमा जुटेको युवा नेता युवाराज खतिवडाले बताए। उनी भन्छन” म अहिलेलाई पचास हजार सम्म सहयोग गर्छु र थप रकम आवशयक परेमा समाजलाई पनि गुहार्दै उनको उपचारमा हामी सबै जुट्ने छौ । ”

घरमा रहेका घाइते छोराको उपचार कसरी गराउने भनेर चिन्ता लिदै रुदै बसेकी आमा भन्नुहुन्छ ‘ युवराज खतिवडा हामीलाई भगवान बनेर आउनुभयो’ । उहालाई धन्यवाद दिन चाहान्छु । यदि उहा समयमा नआएको भए छोराले आखाको दुईवटै ज्योती गुमाउनुपर्ने अवस्था आउन सक्थ्यो । उहाले समयमा नै उपचार गराएर सहयोग गर्दा छोराको सफल उपचार हुन् सकेको भन्दै आमाले खतिवडालाई आशिर्वाद दिनुभएको छ । भिडियो सहित

प्रतिकृया दिनुहोस्