News Portal

साथीन्यूज
१८८ पटक

पोखरा अर्थात् नेपालको प्रमुख पर्यटकीय नगरी । आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइको नगर । नगरकै आडमा रहेको फेवाताल र बेगनासताल सेती खोंच, डेभिस फल्स ९पातले छांगा० यी सबै पर्यटकको रोजाइमा पर्ने गर्दछन । चाहे डुंगा सयर होस प्याराग्लाइडीङ अथवा सेतिको खोच कुनै पनि सतप्रतिशत सुरििक्षत कुनै पनि हुदैनन् ।
डुङगा डुब्दा वा सेतिको खोच लगाएतका ठाउमा मानीस हरु खस्दा दुर्घटनामा कम भन्दा कम क्षति होस् भनेर सशस्त्र प्रहरी बलले त्यहाँ तालिम प्राप्त उद्धार टोली तैनाथी अवस्थामा राख्दै आएको छ । सोही टोलीमा एक जना यस्ता व्यक्ति छन्, जसको साहसीपनको चर्चा जति गरे पनि कम हुन्छ । उनी हुन् हाल पोखरास्थित नम्बर २४ गणमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्लार दीर्घनारायण पौडेल ।

पुस २०६९ देखि आफ्नो पेशागत जिम्मेवारीलाई उद्धारतर्फ केन्द्रित गरेका पौडेल पोखरा वा पोखरा आसपास यसअघि जति पनि विपद्जन्य घटना भएका छन्, उनी नगएको ठाउँ कमै छन् । उनको कुशलता र साहसीपन देखेर जो पनि दंग पर्ने गर्दछन । माथिल्लो दर्जाका अधिकृतहरुको पनी पहिलो रोजाइमा उनी पर्दै आएका छन् । उद्धारका क्रममा उनले कतिलाई नयाँ जीवनसमेत दिएका छन् । ज्यानको बाजी लगाएर फेवातालमा डुबेर कुहिन लागिसकेका शव निकालेका छन् । यस्तै काम उनले सेती खोँच र डेभिस फलमा पनि गरेका छन् ।


अहिले भर्खरै को घटना सेतिको खोचमा यति एयरको जहाज दुर्घटना भयो ७२ जना यात्रु सबैको मृत्यु भयो आज सम्म पनि ससस्त्रको टोलि खोजि कार्यमा तैनाथ छ । त्यहा सेतिको खोचमा डोरीको साहयताले गएर छरपस्ट रहेका शव हरु खोज्ने देखी हराएका शव हरु कतै पानी भित्र छ कि भनेर खोचमै गएर डुबेर सबहरु निकाल्ने एक साहसी ससस्त्र प्रहरी जवानको अन्तवार्ता आजको यो भिडियोमा लिएर आएका छौ । हेर्नुहोस अबको यो भिडियो सामग्री

 

प्रतिकृया दिनुहोस्