News Portal

पोखरामा गोरू काटेको अभियोगमा २ जना मानिस पक्राउ

साथीन्यूज संवाददाता
१३०५ पटक

पोखरामा गोरु काट्दै गरेको अवस्थामा  २ जना मानिस पक्राउ पक्राउ परेका छन्।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर १८ पिपलडालीमा बस्ने ८४ वर्ष दिल बहादुर तामाङ गोरु का८ट्दै गरेको अवस्थामा पक्राउ परेका हुन्। उनी गोरु काट्दै छन् भन्ने सुचनाका आधारमा खटिएको प्रहरीको टोलीले गोरुको टाउको, गोरुको मासु, मासु काट्न प्रयोग हुने हतियार सहित पक्राउ गरेको छ।

यस घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय कास्कीका सुचना अधिकारी सुवास हमालले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्