News Portal

मेयरका उम्मेद्धवार धनराजलाई भोट माग्न देउवा, प्रचण्ड र माधव भोली पोखरा आउदै

साथीन्यूज
२६९ पटक

५ दलीय गठवन्धनको आयोजनामा भोली पोखराको अमरसिंह चौरमा हुने संयुक्त चुनावी सभाको तयारी पुरा भएको आज पोखरामा पत्रकार सम्मेलन गरी आयोजकद्वारा जानकारी गराईयो ।

उक्त चुनावी सभालाई नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल,नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त वरालले वताउनुभयो ।

कार्यक्रममा बरिष्ठ नेताहरुले पोखरा महानगरपालिकाका मेयरका उम्मेद्धवार धनराज आचार्य र उपमेयरका उम्मेद्धवार कोपिला रानाभाटसहित गठबन्धका नेताहरुलाई जिताउन अपिल गर्नेछन् ।

प्रतिकृया दिनुहोस्