News Portal

महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्छः मुख्यमन्त्री पाण्डे

साथीन्यूज संवाददाता
१४ पटक

पोखरा, १० ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिला हिंसा अन्त्यका लागि महिलालाई आर्थिक रुपमा शसक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय महिला आयोगले पोखरामा आयोजना गरेको लैङ्गिक न्यायसम्बन्धमा स्थानीय सरकारकार न्यायिक समितिका संयोजकसंगको अन्तरक्रिया कार्यक्रमको उद्याटन गदैँ मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् । समस्यामा परेकाको न्यायको लागि काम गर्नुको साथैँ उद्यमी महिलालाई आकर्षण गर्नुपर्ने पाण्डेले बताए ।

उनले महिलामाथि गरिने व्यवहार संविधान र कानुनमा लेखे अनुरूप नभएको बताए । पछिल्लो समयमा महिला पीडित पुरुषहरू समेत रहने गरेको भएपनि मात्रात्मक रुपमा महिलामाथि हुने दुव्र्यवहार हिंसा भेदभाव बढी देखिने गरेको प्रष्ट पारे ।

गण्डकी प्रदेशका सामाजिक विकास बिन्दुकुमार थापाले मन्त्रालयले गरेका कामको चर्चा गदै गण्डकीका ८ हिंसा पीडित महिला र बालबालिकाका लागि आश्रय स्थल संचालन गरिएको जानकारी दिए ।

यस्तै पोखरा महानगरपालिका ३३ मा निर्माण सम्पन्न भएको पुनःस्थापना केन्द्र संचालनको तयारी भइरहेको उनले बताए । त्यसका लागि संचालन कार्यविधि अन्तिम चरणमा पुगेको मन्त्री थापाको भनाई थियो ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले सातै प्रदेशमा महिला आयोगको कार्यालय खोल्न चाहे पनि सम्भव नभएको बताइन् । उनले यसका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने तर सरकार त्यसका लागि तयार नभएको पराजुलीको भनाई छ ।

कार्यक्रममा गण्डकी प्रदेशको उपसभामुख विना कुमारी थापा, राष्ट्रिय महिला आयोगका सचिव रेखाकुमारी कँडेल, उपसचिव रोशनीदेवी कार्की, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले भनाई राखेका थिए ।

प्रतिकृया दिनुहोस्