News Portal

मदिरा व्यवसायी समिति कास्कीको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न

साथीन्यूज
४ पटक

पोखरा, २० ।
मदिरा व्यवसायी समिति कास्कीमा नवनिर्वाचित समितिको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । १३ औँ साधारण सभा तथा आठौँ अधिवेशनबाट गत सनिबार (बैशाख १३) कृष्णबहादुर भाटको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत निर्वाचित भएको थियो ।

नवनिर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक एवं मदिरा व्यवसायी महासंघ, नेपालका प्रमुख सल्लाहकार तारानाथ ढुङ्गगानाले सपथ ग्रहण एवं पदस्थापना गराएका थिए ।
समितिको बरिष्ठ उपाध्यक्षमा नेत्र ढुङ्गगाना, प्रथम उपाध्यक्षमा राधाकृष्ण देवकोटा, द्धितिय उपाध्यक्षमा मिलन शम्शेर राणा, महासचिवमा श्रीरामा पोख्रेल निर्वाचित भएका थिए ।

यस्तै सचिवमा हरि कंडेल, कोषाध्यक्षमा धनबहादुर पराजुली, सह–कोषध्यक्षमा कृष्ण पोखरेल निर्वाचित भएका थिए भने कार्यसमिति सदस्यहरुमा ऋषि न्यौपाने, कृष्णप्रसाद पौडेल, सुरेश भुवाई, सुदर्शन श्रेष्ठ, रविन गुरुङ, ढाकाराम अर्याल, सन्दिप बास्तोला र सुरेश श्रेष्ठ रहेका छन् ।

निर्वतमान महासचिव अर्जुन अधिकारीले नवनिर्वाचित महासचिव अर्जुन श्रीराम पोख्रेललाई माइनुट हस्तान्तरण गरेका थिए । यस्तै निर्वातमान कोषाध्यक्ष कृष्ण गौतमले नवनिर्वाचित कोषाध्यक्ष धनबहादुर पराजुलीलाई माइनुट हस्तान्तरण गरे ।

सपथग्रहण कार्यक्रममा मदिरा व्यवसायी महासंघ गण्डकीका अध्यक्ष गोबिन्द केसी, समितिका कानुनी सल्लाहकार कमल अर्याल, निवर्तमान अध्यक्ष सुरेश घिमिरे, पूर्वअध्यक्ष डिल्रिाम पनेरु लगायतले शुभकामना मन्तब्य राखेका थिए ।


१९ सदस्यीय समितिमा निर्वतमान अध्यक्ष वाहेक २ जना निर्वाचित समितिले मनोनित गर्ने विधानमा व्यवस्था रहेको छ । समितिको हिजै बसेको पहिलो बैठकले कार्यसमिति सदस्यमा दुइ जनालाई मनोनीत गरेको छ । मनोनीत हुनेमा तानाराथ आचार्य र कृष्ण खनाल रहेका छन् ।

समितिमा नवनिर्वाचित अध्यक्ष भाटले संस्थाको कार्यालय भवन निर्माण र सदस्यहरुको हितका लागि आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । भाटले पोखरा १७ महतगौडामा निर्वतमान समितिले खरिद गरेको जग्गामा कार्यालय बनाउनको लागि सबैको साथ पाउने अपेक्षा व्यक्त गरे ।

अध्यक्ष भाटले तहगत मुनाफा अधिकृत विक्रेता ५ प्रतिशत, थोक ७ प्रतिशत र खुद्रा मुनाफा बढिमा १५ प्रतिशत कायम गर्न पहल गर्ने प्रतिवद्धाता व्यक्त गरे ।

आजिवन तथा साधारण सदस्य, बृद्धि गर्ने, सम्बन्धित निकायसंग हातलेमालो गर्ने, घरेलु मदिराको नियन्त्रणका लागि पहल गर्ने, बजारमा आएका समस्या छलफल गरेर समाधान निकाल्ने स्मारिका पुुस्तक प्रकाशन र व्यवसायीलाई कम्पनी भ्रमण गराउने योजना सुनाए ।

२०0६ सालमा स्थपना भएको समितिमा हाल ३ सय भन्दा बढिसदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्