
पोखरा, १४ ।
मदिरा व्यवसायी समिति कास्कीमा कृष्णबहादुर भाटको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । संघको १३ औँ साधारण सभा तथा ८ औँ अधिवेशनबाट अध्यक्षमा भाट सर्वसम्वत चयन भएका हुन् ।
जसको बरिष्ठ उपाध्यक्षमा नेत्र ढुङ्गाना, प्रथम उपाध्यक्षमा राधाकृष्ण देवकोटा, द्धितिय उपाध्यक्षमा मिलन शम्शेर राणा, महासचिवमा श्रीरामा पोख्रेल चयन भएका छन् । यस्तै सचिवमा हरि कंडेल, कोषाध्यक्षमा धनबहादुर पराजुली, सह–कोषध्यक्षमा कृष्ण पोखरेल चयन भए ।
कार्यसमिति सदस्यहरुमा ऋषि न्यौपाने, कृष्णप्रसाद पौडेल, सुरेश भुवाई, सुदर्शन श्रेष्ठ, रविन गुरुङ, ढाकाराम अर्याल, सन्दिप बास्तोला र सुरेश श्रेष्ठ चयन भए ।
१९ सदस्यीय समितिमा निर्वतमान अध्यक्ष वाहेक २ जना निर्वाचित समितिले मनोनित गर्ने विधानमा व्यवस्था रहेको महासचिव अर्जुन अधिकारीले जानकारी दिए ।
समितिका अध्यक्ष सुरेश घिमिरेको अध्यक्षतामा भएको अधिवेशनको उद्याटन सत्र कार्यक्रमा मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनामा शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो । शेर्पाले व्यवसायलाई पारदर्शी रुपमा संचालन गर्न हिसाव दुरुस्त राख्न आग्रह गरे ।
यस्तै समितिका अध्यक्ष सुर्यराज घिमिरेले मदिरा व्यवसायलाई व्यवस्थित बनाउनका लागि सबैको साथ सहयोग रहेको बताए ।
यस्तै समितिका महासचिव एवं नवनिर्वाचित अध्यक्ष कृष्ण बहादुर भाटले २०६५ सालमा स्थापना भएको समितिले व्यवसायीहरुको हकहितका साथै सामाजिक उत्तरदायित्व बहन गदैँ आइरहेको जानकारी दिए । बाढि तथा भुकम्प पिडितहरुलाई राहत वितरण, आकस्मिक रक्तदान, मानवसेवा आश्रममा सहयोग, मृर्गौला पिडितलाई आर्थिक सहयोग गर्दै आएको उनले बताए । भाटले पोखरा १७ महतगौडामा समितिको कार्यालय बनाउनको लागि जग्गा खरिद गरिएको बताए ।
साधारणसभामा समितिका महासचिव अर्जुन अधिकारीले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै रजिष्टर्ड लेखापरिक्षक राजेन्द्र कुमार श्रेष्ठले लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समितिमा हाल ३ सय भन्दा बढिसदस्य रहेका छन् ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिव शर्मा, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघ महासचिव शोभा गौतम, चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष उमराज बास्तोला र मदिरा व्यवसायी समिति गण्डकी प्रदेश अध्यक्ष गोविन्द केसीले बोलेका थिए ।