News Portal

मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता बिरामी चार दिन पछि सेती नदीमा मृत भेटिए भिडियो सहीत

साथीन्यूज
६५७ पटक

पोखराको मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता भएका बिरामी चार दिन पछि सेती नदीमा मृत भेटिएका छन्। बुवा हरि प्रसाद मिश्र औषधी लिन फार्मेसी गएका बेला गएको मंसीर २५ गते साँझ साढे छ बजेदेखि बेपत्ता रहेका तनहुँ स्थायी घर भई हाल पोखरा १६ लामाचौर बस्ने १९ वर्षीय संगम मिश्र आज सेती नदीमा मृत भेटिएका हुन्।

उनी बेपत्ता भए पछि परिवारजनको अनुरोधमा आज सेती बाँधबाट पानी बन्द गरेर सेती नदीमा उनको खोजी गर्दा पोखरा ३ नदीपुर साइडपट्टि सेती नदीमा आज साढे ३ बजेतिर शब भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी श्रवणकुमार बिकले जानकारी दिए।


ज्वरोको उपचार गर्दै गरेका संगमले लगाएको कपडा र परिचय पत्र सती नदीमाथिको झोलुंगे पुलमा भेटिएको थियो भने उनी बेपत्ता रहेका थिए।हेर्नुहोस स्थलगत रिपोर्ट

प्रतिकृया दिनुहोस्