News Portal

प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रचण्ड

साथीन्यूज
३५३ पटक

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेका छन् ।

सो अवसरमा चिकित्सकहरुले गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका थिए । गिरीलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार आउन नसकेको चिकित्सकले बताएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि एक साताभन्दा लामो समयदेखि गिरी ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारत छन्। उनी घाँटीको क्यान्सरसम्‍बन्धी समस्याबाट पीडित छन्। पछिल्लो केही दिनयता गिरीलाई निमोनियाले समेत च्यापेको छ।

प्रतिकृया दिनुहोस्