News Portal

पोखरामा राजा आउ देश बचाउको नारा सहित प्रदर्शन : राजतन्त्र फेरि आउन सक्ला ?

साथीन्यूज संवाददाता
११४९ पटक

कास्की मङ्सिर १०: राजाबादीहरुले राजतन्त्रको माग सहित पोखरामा बृहत् मोटरसाइकल तथा कार प्रदर्शन गरेका छन्।

हजारौंको संख्यामा राष्ट्रिय झण्डासहित उपस्थित भएका उनीहरुले पोखराका विभिन्न ठाँउमा मोटरसाइकल र्याली गरेका हुन् । पोखराको अमरसिंहचोकबाट शुरु भएको र्याली रंगशाला , पृथ्वीचोक, मुस्ताङचोक, लेकसाइड, जिरोकिलोमिटर , सृजनाचोक, सभागृहचोक, न्यूरोडहुँदै मानव अधिकार चोकमा पुगेर कोण सभा भएको थियो । र्यालीमा सहभागीले राजतन्त्र जिन्दाबाद, राजा आऊ देश बचाउ, हिन्दू धर्मको रक्षा गरौं, गणतन्त्र मुर्दावाद, अखण्ड नेपाल जिन्दाबाद, राजसंस्थाको विकल्प छैन जस्ता प्ले कार्ड बोक्नुको साथै बाजागाजासहित पोखरा शहर परिक्रमा गरेका थिए ।

राजावादीहरुको हजारौको संख्यामा उपस्थिति रहेको र्यालीमा युवा देखि बृद्धासम्मको सहभागिता रहेको थियो । अप्रिय घटना हुन नदिनका लागि कास्की प्रहरीले कोण सभा र र्यालीमा सुरक्षा मजबुत बनाएको थियो ।

प्रतिकृया दिनुहोस्