News Portal

पोखरामा घर अगाडिबाटै वृद्धाको घाँटीबाट सुनको सिक्री लुटियो भिडियो सहीत

साथीन्यूज
२०६ पटक

 

पोखराको निराजनचोकमा मंगलबार बिहान सिक्री लुटिएको छ।

पोखरा महानगरपालिका वडा नं -१५ निराजनचोकस्थित मनिराम थापाकी ८७ वर्षीया आमा दिलमाया थापाले घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री अन्दाजी ८ बजेको समयमा घर अगाडिबाटै लुटिएको हो।

छोरा मनिरामका अनुसार बिहान घर छेउमा झार उखेलिरहेको बेला स्कुटरमा आएका दुई युवाले घाँटीमा लगाएको सुनको सिक्री तानेर भागेका हुन्।

घटनास्थल नजिकै विद्युतको पोलमा सिसिटिभी राखिएपनि बिग्रिएको स्थानीयले बताएका छन्।

चाडबाड नजिकिएसँगै दिनदाहाडै भएको चोरीको घटनापछि स्थानीयमा त्रास छाएको छ। चाडबाडको समयमा चोक तथा गल्लीमा प्रहरीले सुरक्षा सक्रियता बढाउनुपर्ने उनीहरुको माग छ।भिडियो सहीत

प्रतिकृया दिनुहोस्