News Portal

पोखरामा खुल्यो ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’

साथीन्यूज संवाददाता
९ पटक

पोखरा ।
पोखरामा नयाँ नयाँ होटल थपिने क्रममा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ संचालनमा आएको छ । पोखराका पर्यटन व्यवसायी दाजुभाइ विश्वराज पौडेल र भीष्मराज पौडेलले होटल सञ्चालन ल्याएका हुन् ।

चिल्ली ग्रुप अन्तरगत सञ्चालनमा आएको होटल नेपाली नयाँ वर्ष २०८२ को अवसरमा संचालनमा आएको हो । पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर १७ लालुपाते मार्गमा होटल संचालमा छ ।

५५ वटा रुममा होटलमा ४७ वटा डिलक्स रुम, ५ वटा सुपर डिलक्स, २ वटा जुनियर स्विट र १ वटा प्रेसिडेन्सियल स्विट रुम रहेका छन् । स्विमिङ पुल, कन्फ्रेन्स हल, फिटनेस हल, स्पा लगायत पर्यटकका लागि आवश्यक सेवा होटलमा उपलब्ध हुने सञ्चालक विश्वराज पौडेलले जानकारी दिए । ‘पोखरामा सुविधा सम्पन्न होटल निर्माण गरिरहेका छौं,’ उनले भने, ‘बुटिक होटल हो आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्नेमा हामी विश्वस्त छौं ।’

आधुनिक डिजाइन र नेपाली सैलीलाई मिक्स गरे निर्माण भइरहेको होटलमा अण्डर ग्राउण्डसहित प्रयाप्त पार्किङ, कार्यक्रम गर्नका लागि सेमिनार तथा मिटिङ हलको सुविधा उपलब्ध हुनेछ ।

प्रतिकृया दिनुहोस्