News Portal

नेपाल लाइफ इन्स्युरेन्स गण्डकी प्रदेशले शाखाले मनायो २५ औं बार्षीक उत्सव

साथीन्यूज
४८ पटक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पोखरा, गण्डकी प्रदेश अन्तर्गत रहेको शाखा कार्यालयले २५औं वर्ष प्रवेशको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले पोखराको न्युरोड स्थीत आफ्नै भवनको प्राङगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

रक्तदान कार्यक्रममा ६१ युनिट रगत संकलन भएको गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारीले जानकारी दिए । कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका सदस्य, पैदल यात्रु र नियमित रक्तदाताले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु प्रसाद मिश्रकोे प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि मिश्रले नेपाल लाइफ कम्पनि लिमिडेट द्धारा हरेक वार्षिक उत्सवमा रक्तदान जस्तो महान कार्य गरी पूर्ण लाभ लिएको तथा अगामी दिनमा पानि यस्तै सामाजिक कार्यमा सरिक हुन शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रादेशिक रक्तसञ्चार केन्द्र प्रमुख अर्जुन ज्ञावली, आकस्मिक रक्तदान केन्द्र पोखराका व्यवस्थापक हरिचन्द्र शर्मा, चेम्मर अफ कर्मशका अध्यक्ष उमराज वास्तोला, निप्स चेप्टर अध्यक्ष बद्री पौडेल, आकस्मिक रक्तदान युनिट कास्की संयोजक नेत्रप्रसाद ढकाल, नेपाल लाइफ पोखरा शाखा प्रमुख उपेन्द्र तिमिल्सिना, पेशागत विमा अभिकर्ता संघ पोखरा शाखा समिति अध्यक्ष दीपक प्रसाद पराजुली साथै अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड , गण्डकी प्रदेश संयोज सहदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पेशागत बिमा अभिकर्ता संघका केन्द्रीय सदस्य दामोदर सापकोटाले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य शाखा प्रमुख उपेन्द्र तिमिल्सिना ले राखेका थिए ।

प्रतिकृया दिनुहोस्