News Portal

एक हप्तादेखि हराएका युवक फेवातालमा तैरिहरेको अबस्थामा मृत फेला, हेर्नुहोस स्थलगत भिडीयो

साथीन्यूज संवाददाता
५९५ पटक

पोखरा एक हप्तादेखि हराएका युवक फेवातालमा मृत अबस्थामा फेला परेका छन्।

पोखरा २२ पुम्दीभुम्दी बसोबास गर्ने सन्तोष परियारको शव फेवातालमा तैरेको अवस्थामा एक हप्तामा फेला परेको हो। पुष २२ गते सवा एक बजे पुम्दीभुम्दीको चिहानडाँडामा पिकनिक खान १०।११ जना व्यक्ति गएकोमा अबेर रातिसम्म परियार नर्फके पछि प्रहरीलाई खबर गरिएको थियो । अन्दाजी २४।२५ वर्षीय मृतक परिवारमा कोही कसैलाई नभनिकन पिकनिक खान गएका थिए ।

प्रहरीले खोजतलास गर्ने क्रममा पिकनिक खान गएको ठाँउबाट ३ सय मिटर पश्चिमतर्फ फेवातालमा बुधबार बिहान शव फेला पारेको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको कास्की जिल्ला प्रहरी प्रबक्ताको जिम्मा समाल्नु भएका दिपक थापा लेजानकारी दिनु भएको छ । हेर्नुहोस स्थलगत भिडीयो

 

प्रतिकृया दिनुहोस्