News Portal

एकिकृत समाजवादी पोखरा कमिटिको जेठ १५ मा अधिवेशन

साथीन्यूज संवाददाता
६ पटक

पोखरा ६, जेठ ।

नेकपा (एकिकृत समाजवादी) पोखरा महानगरकमिटिको प्रथम अधिवेशन यही जेठ १५ गते हुने भएको छ ।

महानगर कमिटिले आज पोखरामा पत्रकार सम्मेलन गरेर अधिवेशन वारे जानकारी दिएको हो ।

अधिवेशन पोखरा महानगर वडानम्बर ७ शन्तिनगरमा हुने महानगरकमिटिका अध्यक्ष प्रेम थापाले जानकारी दिए ।

 

थापाले अधिवेशनले पार्टीको बैचारिक मार्गदर्शनलाई बर्तमान परिवेश अनुकुल सशक्त बनाउने बताए ।

 

पत्रकार सम्मेलनमा बेल्दै नेकपा ( एकिकृत समाजवादी) का सचिव श्रीनाथ बरालले नयाँ राजनीतिक दल र राजतन्त्रले नेपाली राजीतिलाई अगाडी बढाउन नसक्ने बताए । प्रतिगामी तत्वले टाउको उठाउन खोजेको अवस्थामा संघीय लोकतान्त्रीक गणतन्त्रलार्य सुध्रिढ गर्ने र समाजवादलाई अगाडी बढाउन आवश्यक रहेको बताए ।

प्रतिकृया दिनुहोस्