News Portal

इन्द्रेणी आवासीय क्रियाकर्म भवन उद्याटन

साथीन्यूज
४२ पटक

पोखरा महमानगरपालिका वडा नम्बर १ मा इन्द्रेणी आवासीय क्रियाकर्म भवन संचालनमा आएको छ । क्रियाकर्म भवनको पोखरा महागनरपालिका प्रमुख धनराज आचार्यले भवनको उद्याटन गरे ।
कार्यक्रममा बोल्दै महानगर प्रमुख आचार्यले सहरीकरण बढ्दै गएको अवस्थामा यस्ता सामुदायीक भवनले क्रियाकर्म संचालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


प्रमुख आचार्यले महानगरले सेती नदिमा पर्यटकीय गतिबिधि संचालन गर्ने गरी कार्यक्रम अगाडी बढाएको जानकारी दिए । उनले सेती नदि प्रदुषण हुने गरी फोहोर नगर्न पनि स्थानीयलाई आग्रह गरे ।

प्रदेस सरकार, पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखराले भवन निर्माण गरेको हो । केन्द्रले भवन सगै सोही स्थानमा पार्क, सडक र जग्गा संरक्षणका लागि तारवारको काम गरेको जनाएको छ ।

उक्त कार्यक्रका लागि एक करोड ३५ भन्दा बढि खर्च भएको केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।

भवन उद्याटन कार्यक्रममा संविधान सभा सदस्य सारदा पराजुली, पोखरा महानगरपालिका वडानम्बर १ का अध्यक्ष शाहारा प्रधान, लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एमका गर्भरनर चण्डीप्रसाद अर्याल,केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्रमण्ी पराजुली र पूर्वअध्यक्ष खगेन्द्र पराजुली लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस्